२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

राष्ट्रिय युवा संघद्धारा विचैयापुरका मुसहर परिवारलाई राहत हस्तान्तरण

२०८० अषाढ १६, शनिबार प्रकाशित ( साल अघि) ४२९ पाठक संख्या

मनिषा सुनार
बडेरा, १६ असार । ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका पश्चिम नवलपरासीको सुनवल–१३ बिचैयापुरका लक्ष्मी प्रसाद मुसहरको परिवारलाई राष्ट्रिय युवा संघ वडा कमिटीले राहत हस्तान्तरण गरेको छ ।
लक्ष्मीकी श्रीमती बुद्धिरानी मुसहरको गत असार ११ गते धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्यामा उनकै छोरा शिवको संलग्ता रहेको आशंका गरिएको छ । शोकमा रहेको उक्त परिवारलाई दैनिक जीवनयापनमै कठिनाई भएपछि राष्ट्रिय युवा संघले दैनिक उपभोग्य सामग्री राहत स्वरुप सहयोग गरेको संघका वडा कमिटी अध्यक्ष लेखराज चौधरीले जानकारी दिनुभयो ।
युवा संघले मदन भण्डारीको जन्म जयन्तीको अवसर पारेर उक्त राहत प्रदान गरेको हो भने मुसहरको घरमा श्रद्धान्जली सभा समेत गरेको थियो । उक्त अवसरमा राष्ट्रिय युवा संघका नेताहरु बिमल बगाले, बिक्रम रामदाम, मनिषा सुनार, धर्मराज भुसाल लगायतको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस