२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बर्दघाट–९ बालमैत्री वडा घोषणाको अन्तिम तयारीमा, दिगोपनाको लागि रणनीतिक योजना कार्यशाला सम्पन्न

२०८० अषाढ १६, शनिबार प्रकाशित ( साल अघि) ४५२ पाठक संख्या

जीवन न्यौपाने
बर्दघाट, १६ असार । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ९ बालमैत्री वडा घोषणाको अन्तिम चरणमा पुगेको छ । उक्त वडाले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सूचक पूरा गरेको छ ।
अभियान अन्तरगत नै शुक्रबार उक्त वडामा बालमैत्री घोषणा पश्चात दिगोपनाको लागि रणनीतिक योजना तर्जुम ागर्न कार्यशाला गोष्ठी सम्पन्न भएको छ । स्वास्थ्यकर्मी, शिक्षक, बालमैत्री स्थानीय शासन समिति, टोल बिकास समिति जनप्रतिनिधि,बाल क्लबका प्रतिनिधि लगायतको सहभागितामा रणनीतिक योजना तर्जुमा गरिएको हो ।
बालमैत्री वडा घोषणाका लागि सबै प्रक्रिया पूरा गरी यसै महिना भित्र घोषणा गर्ने तयारी गरिएको पञ्चनगर स्वास्थ्य चौकी ईन्चार्ज एवं बालमैत्री फोकल पर्सन बाबुराम तिमिल्सिनाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा बालमैत्री सहजकतृ शर्मिला पौडेलले सहजीकरण गर्नुभएको थियो ।
वडा अध्यक्ष चन्द्रकान्त चापागाईको अध्यक्षता तथा बालमैत्री फोकल पर्सन पन्चनगर स्वास्थ्य चौकिका इन्चार्ज तिमिल्सिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस