२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

“खानेपानी र सरसफाइमा हाम्रो प्रतिबद्धता” वार्षिक बुलेटिनको नवौँ अंक बिमोचन

२०८० अषाढ १५, शुक्रबार प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

मोहन पौडेल
परासी, १५ असार । खानेपानी र सरसफाइमा हाम्रो प्रतिबद्धता नामक वार्षिक बुलेटिनको ९ औँ अंक बिमोचन गरिएको छ । पश्चिम नवलपरासीको खानेपानी र सरसफाइको अवस्था र गतिविधि समेटि रेडियो परासीले वार्षिक रुममा प्रकाशन गर्दै आएको उक्त बुलेटिनको आज एक कार्यक्रमकाबीच रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बिमोचन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्र्दै नगर प्रमुख यादवले खानेपानीलाई आफूले पहिलो प्राथमिकता दिएको बताउनुभयो । हालै सम्पन्न नगरसभाबाट आगामी आर्थिक वर्षका लागि सबै नगरवासीको घरघरमा धारा पुर्याउन रु एक करोड विनियोजन गरेको उहाँको भनाई थियो । संघ र प्रदेश सरकारले नगरका विभिन्न ठाउँमा खानेपानीका आभेटरहेड ट्यांकी निर्माण गरी अलपत्र छाडेकोले नगरपालिकाले विशेष प्राथमकिता दिएर बजेट विनियोजन गरेको नगर प्रमुख यादवले बताउनुभयो ।
ट्यांकी बनाउने तर पाईप र पाईपलाईन विस्तारमा बजेट नपठाउँदा अधिकांश पानी ट्यांकी निर्माण भएर अलपत्र अवस्थामा रहेको बताउँदै उहाँले पाईपलाईन विस्तार गरेर गाउँगाउँमा पानी पुर्याउने लक्ष्य रहेको बताउनुभयो । नगर प्रमुख यादवले नगर सरसफाइ कार्यक्रम सञ्चालन गरी सचेतना जगाउने प्रयास गरिएको बताउँदै यसलाई सबै नगरवासीले अपनत्व लिई अभियानको रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
रेडियो परासीका कार्यबाहक अध्यक्ष राजकुमार रेश्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा खानेपानी तथा सरसफाइ महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष थानप्रसाद गैरेले अझै पनि अधिकांश नागरिक शुद्ध पिउने पानीको पहुँचबाट टाढा रहेकोले स्थानीय सरकारले पनि प्राथमिकताका साथ खानेपानीको क्षेत्रमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले सञ्चालनमा रहेका खानेपानी आयोजनालाई दीगो रुपमा अघि बढाउन तथा निर्माणाधिन आयोजनालाई पूरा गरी नागरिकको घरघरमा धारा पुर्याउन स्थानीय सरकारले सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।
रेडियोले स्थापनाकालदेखि नै खानेपानी र सरसफाइको क्षेत्रलाई प्राथमिकता दिँदै जनचेतनाका कार्यक्रम सञ्चालन गर्दै आएको र नवलपरासी जिल्लालाई खुल्ला दिशा मुक्त घोषणा गरिएसँगै हरेक वर्ष रेडियोले खानेपानी र सरसफाइको क्षेत्रमा भईरहेका गतिविधि समावेश गरी बुलेटिन प्रकाशन गर्दै आएको रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतमले जानकारी दिनुभयो ।
उक्त अवसरमा उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय सदस्य रामजी ज्ञवाली, परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खगेश्वर पन्थी, रेडियोका सहसचिव तोरेन्द्र जिसी, लेखा समिति संयोजक प्रेम न्यौपाने लगायतले खानेपानी र सरसफाइको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस