२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम-१२ मा कम्प्युटर सम्बन्धि तीन महिने आधारभूत तालिम समापन

२०८० अषाढ १४, बिहिबार प्रकाशित ( साल अघि) ९१६ पाठक संख्या

परासी, १४ असार । कम्प्युटर सम्बन्धी ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका -१२ मा सञ्चालित कम्प्युटर सम्बन्धि तीन महिने आधारभूत तालिम सम्पन्न भएको छ ।

वडास्तरिय योजना अन्र्तगत आयोजित उक्त तालिमको आयोजक रामग्राम-१२ वडा कार्यालय र तालिम प्रदायक संस्था साझा मल्टिप्रपोज बिजनेस सेन्टर परासी रहेको थियो ।
उक्त कम्पनीका प्रबन्ध निर्देशक विष्णु राज रावको अध्यक्षता तथा वडाध्यक्ष लोकबहादुर चौधरीको प्रमुख आतिथ्यमा आज भएको तालिम समापन कार्यक्रममा वडा अध्यक्ष चौधरीले वर्तमान समयमा कम्प्युटर सम्बन्धि ज्ञान र सीप अनिवार्य नै भएको बताउनुभयो ।
जुनसुकै काम गर्दा पनि कम्प्युटर सम्बन्धि शिक्षा आवश्यक हुने भएकोले वडाले यश तालिमलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले तालिममा सिकेका ज्ञान र सीपलाई प्रयोग गरि स्वरोजगार एवं आत्मनिर्भर बन्न आग्रह गर्नुभयो ।
कार्यक्रममा वडा सचिव ललिता पाण्डे,दैनिक 24 खबरका सम्पादक मोहन पौडेल, वडा न.१६ का सचिव मुकेश चौहान लगायतले तालिमको महत्त्वबारे प्रकाश पार्नु भएको थियोे । उक्त वडाका ३० जना युवायुवतीहरुको सहभागितामा तालिम सम्पन्न भएको आयोजकले जनाएको छ ।

20230629_123109

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस