२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

धारिलो हतियार प्रहार गरि सुनवलको विचैयापुरमा एक महिलाको विभत्स हत्या

२०८० अषाढ १२, मंगलबार प्रकाशित ( साल अघि) १४७० पाठक संख्या

मोहन पौडेल
परासी, १२ असार । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ विचैयापुरमा एक महिलाको धारिलो हतियार प्रयोग गरि बीभत्स हत्या भएको छ । सोही स्थान बस्ने ५० वर्षीया बुद्धरानी मुसहर आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् ।
टिनले छाएको ढोका नभएको कच्ची घरभित्र घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा मुसहरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
श्रीमान ज्याला मजदुरी गरि गएराति घर फर्कदा घरभित्र श्रीमतीलाई मृत अवस्थामा फेला पारेपछि आफन्त र प्रहरीलाई खबर गरेका थिए ।
श्रीमान र एक छोरासँगै बस्दै आएकि बुद्धरानीको आफ्नै छोराले हत्या गरेको आशंका गरिएको छ । घटना लगत्तै फरार रहेका मृत्तकका छोरा २५ वर्षीय शिव कुमार मुसहरलाई प्रहरीले रुपन्देहीको गैडहवा-८ मैनिहवामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको डिएसपी पाण्डेले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%६%१%

प्रतिक्रिया दिनुहोस