२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुस्ता गाउँपालिकाको बजेट रु ४८ करोड ३३ लाख

२०८० अषाढ १०, आईतबार प्रकाशित ( साल अघि) ५१४ पाठक संख्या

सुस्ता, १० असार । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाले आगामी आर्थिक बर्ष ०८०÷०८१ को लागी रु ४८ करोड ३३ लाख ११ हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।
शनिबार सम्पन्न सुस्ता गाउँपालिकाको १३ औं गाउँसभामा गाउँपालिका उपाध्यक्ष गीता चौधरीले उक्त बजेट सार्वजनिक गर्नुभएको हो ।
आ.व. ०८०÷०८१ को लागि सुस्ता गाउँपालिकाले शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार बिकासलाई प्राथमिकता दिएको जनाएको छ । उपाध्यक्ष चौधरीका अनुसार कूल बजेट मध्ये प्रशासनिक खर्चतर्फ पाँच करोड ७५ लाख रुपैँया र पूंँजीगत तथा कार्यक्रम खर्चतर्फ रु ४२ करोड ५८ लाख ११ हजार विनियोजन गरिएको छ ।
विषयगत क्षेत्र अन्तरगत आर्थिक बिकासतर्फ रु एक करोड ७३ लाख २५ हजार,सामाजिक बिकास तर्फ रु पाँच करोड ९७ लाख ११ हजार,पुर्वाधार बिकासतर्फ रु १३ करोड ४८ लाख ५० हजार,वातावरण तथा बिपद व्यवस्थापन तर्फ रु ३८ लाख ५० हजार,सुशासन तथा अन्तरसम्बन्धित तर्फ रु दुई करोड ९ लाख ७५ हजार,कार्यालय संचालन तथा प्रशासनिक खर्च तर्फ पाँच करोड ७५ लाख,संघीय सशर्त तथा प्रदेश सशर्त कार्यक्रम तर्फ रु १४ करोड ८३ लाख ५० हजार,विभिन्न कार्यक्रम म्याचिङ्ग तर्फ रु ४७ लाख ५० हजार र वडा कार्यालय तर्फ रु तीन करोड ६० लाख विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष टेकनारायाण उपाध्यायले सुखी सुस्ताबासी समृद्ध सुस्ताको मुल नारा सहित शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधारलाई जोड दिएर आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गरिएको बताउनुभयो ।
गाउँपालिकाले दश शैय्याको अस्पताल निर्माण,सडक,विद्युतीय सिँचाइ, गाउँपालिका स्तरीय गौरव कार्यक्रम,सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता गाउँपालिका क्षेत्रमा रहेका धार्मिक,सास्कृतिक,प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऐतिहासिक धार्मिक स्थल मदरबाबा,अनोमाघाट,दुर्गा मन्दिर महलबारी,बालपुरी मन्दिर,सत्पती चुहाडी मन्दिर,बिगैप घोलमा रमणीय पोखरी निर्माण र सुस्ता सास्कृतिक सङ्ग्राहालयको निर्माण गर्ने लगायतका योजना अघि सारेको छ । शिक्षातर्फ अध्यक्ष शैक्षिक रोजगार कार्यक्रम,एक वडा एक नमुना विद्यालय,निःशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी, खेलकुद तर्फ खेलाडी उत्पादन,रंगशाला निर्माण र गाउँपालिका स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता लगायतका योजना अघि सारिएको छ ।
स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लैङ्गिक समानता तथा समाजिक समावेशीकरण तर्फ बाल मैत्री स्थानीय सरकार घोषणा गर्न आवश्यक प्रक्रियाको थालनी,महिला हिंसा,बाल श्रम,बालबिवाह,अनमेल बिवाह जस्ता समस्याको न्यूनीकरण,पालिका भित्र सम्पुर्ण वडामा महिला समुह गठन,छोरी सुनौलो भबिस्य कार्यक्रम,कुष्ठरोग तथा महामारी रोग खोजपडताल,अपाङ्गता, जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितका कार्यक्रम समावेश गरिएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रका योजनालाई अघि सारिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी दिनुभयो । गाउँसभाले शिक्षा ऐन,स्वास्थ्य ऐन,खरिद नियमावली ऐन,घ बर्गका निर्माण ब्यवसाय ऐन र संस्था दर्ता सम्बन्धि ऐन सहित सातवटा ऐन संशोधन गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस