२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनको पन्ध्रौँ गाउँसभा : रु ४३ करोड ७४ लाखको बजेटसहित नीति तथा कार्यक्रम पारित

२०८० अषाढ ९, शनिबार प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

मोहन पौडेल
परासी, ९ असार । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गर्दै पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको पन्ध्रौँ गाउँसभा सम्पन्न भएको छ । गाउँसभाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४३ करोड ७४ लाख तीस हजार ८२८ रुपैँया बरारबरको अनुमानित कूल बजेट पारित गरेको छ ।
सभामा बजेट प्रस्तुत गर्दै गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले आगामी आर्थिक वर्षमा गाउँपालिकालाई नेपाल सरकारबाट वित्तीय समानीकरण अनुदान रु ११ करोड ६१ लाख, शसर्त अनुदान रु २० करोड ३६ लाख, समपुरक अनुदान रु ५० लाख, विशेष अनुदान एक करोड पन्ध्र लाख र राजस्व बाँडफाँडतर्फ आठ करोड ८४ लाख १० हजार प्राप्त हुने तथा लुम्बिनी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान रु ४२ लाख ८० हजार, राजस्व बाँडफाँड रु ६० लाख प्राप्त हुने अनुमान गरिएको बताउनुभयो ।
गाउँपालिकाले आगामी वर्षमा आन्तरिक स्रोत रु पचास लाख मात्र लक्ष्य लिएको छ । आव २०८०÷८१ को शसर्त, समपुरक र विशेष अनुदान बाहेक कूल अनुमानित बजेट रु २२ करोड २३ लाख ३० हजार ८२८ मध्ये चालु तर्फ रु १२ करोड २२ लाख ८१ ह्जार ९५५ अर्थात कूल बजेटको ५५ प्रतिशत र पूँजीगत खर्चतर्फ दश करोड ४८ हजार ८७३ अर्थात कूल बजेटको ४५ प्रतिशत विनियोजन गरिएको उपाध्यक्ष अन्सारीले बताउनुभयो ।
पाल्हीनन्दन गाउँपालिकाले आगामी वर्ष व्यवसायिक कृषि पेशा अबलम्बन गर्दै रोजगारी सृजनासहित नागरिकलाई आत्मनिर्भर तर्फ उन्मुख बनाउने तथा साना किसानलाई प्रवद्र्धन गर्ने गरी बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दीपक)ले बताउनुभयो ।
गुणस्तरीय शिक्षामा जोड दिने, स्वास्थ्य सेवालाई प्रभावकारी बनाउँदै लैजाने, भौतिक पूर्वाधार विकासमा प्राथमिकता दिँदै गुणस्तरीय विकास निर्माणमा जोड दिने, सडक यातायातलाई प्राथमिकताका आधारमा स्तरउन्नती गर्दै जाने, खेलकुदको विकासमा जोड दिने, विपत व्यवस्थापनलाई प्रभावकारी बनाउने साथै वातावरण संरक्षण र स्वच्छ खानेपानी सरसफाइलाई प्रभावकारी बनाउने, ज्येष्ठ नागरिक सम्मान तथा लक्षित वर्गको शसक्तीकरणमा जोड दिने, संस्थागत विकास र सुशासन प्रवद्र्धन गर्ने, समावेशी र सन्तुलित विकास प्रवद्र्धन गर्ने र राजस्वका दायराहरु फराकिलो बनाउने उद्देश्य लिएको गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो ।
गाउँसभाले आर्थिक ऐन २०८०, विनियोजन ऐन २०८०, गाउँपालिकाका नीतिगत निर्णयहरु समेत पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो ।

02

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस