२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर अध्यक्षमा भट्टराई

२०८० अषाढ ७, बिहिबार प्रकाशित ( साल अघि) ७१८ पाठक संख्या

परासी, ७ असार । उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर समिति नवलपरासीको अध्यक्षमा नरेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । नगर समितिको आज परासीमा सम्पन्न नगर अधिवेशनले भट्टराईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्य समिति निर्वाचित गरेको हो ।

20230622_165626

नवगठित समितिको उपाध्यक्षमा सन्दिप अग्रहरी,सचिवमा गौरीशंकर जयसवाल,कोषाध्यक्षमा जोगमाया चौधरी तथा सदस्यमा गोपाल चौधरी,वीरेन्द्र ठाकुर,विष्णुराज राव,बिमला आचार्य,अस्मिता काफ्ले,ठगिश्वर पोखरेल,सहलाद बानिया लगायत रहनु भएको छ ।

20230622_165807

उपभोक्ता हित संरक्षण मञ्च रामग्राम नगर समिति अध्यक्ष यमकुमारी सुवेदीको अध्यक्षता तथा केन्द्रीय सदस्य रामजी ज्ञवालीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा मञ्चकि जिल्ला अध्यक्ष सरस्वती शर्मा,नागरिक समाजका अध्यक्ष राधेश्याम सिंह सैथवार लगायत नगरका १८ वटै वडाका उपभोक्ताहरुको उल्लेख्य सहभागिता रहेको मञ्चका जिल्ला सचिव मोहन पौडेलले जानकारी दिनुभयो ।

20230622_152953

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस