२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्हीनन्दनमा आगामी बजेट तथा कार्यक्रमका लागि सुझाव संकलन

२०८० अषाढ ६, बुधबार प्रकाशित ( साल अघि) ७८६ पाठक संख्या

मोहन पौडेल
परासी, ६ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आगामी बजेट,नीति तथा कार्यक्रमका सन्दर्भमा सुझाव संकलन गरेको छ । गाउँपालिकाको समग्र विकासका लागि गाउँसभाले निर्माण गर्नुपर्ने योजना र प्राथमिकताको क्षेत्र निर्धारणका लागि पालिकाका राजनीतिक दल तथा अन्य सरोकारवालाहरुसँग आज सुझाव संकलन गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागि राजनीतिक दलका प्रतिनिधिहरुले विपन्न नागरिक लाभावन्ति हुने योजना ल्याउन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन सुधmाव दिएका छन् । नेपाली कांग्रेसका हरिहर चौहानले राज्यले लगानी गरेका सामुदायिक विद्यालयमा गुणस्तर वृद्धिका लागि आवश्यक कार्यक्रम ल्याउन आग्रह गर्नुभयो । उहाँले कृषि, स्वास्थ्य, शिक्षा लगायतको विकासमा ध्यान दिन पनि जोड दिनुभयो ।
नेकपा माओवादी केन्द्रका सुरेश गुप्ताले शिक्षा क्षेत्र सुधारका लािग दरबन्दी मिलान गर्न जोड दिनुभयो । उहाँले पालिकामा विशेषगरी खानेपानीको समस्या रहेको बताउँदै सवै वडामा ओभरहेड टयांकी निर्मँण भईसकेको तर पाईपलाईन विस्तार नहुँदा पानी वितरण हुन नपाएकोले त्यसतर्फ बजेट विनियोजन गर्न सुझाव दिनुभयो । पालिका भित्रका पोखरीहरुलाई व्यवस्थित गर्दै पानी पुनःभण्डारण, कृषि मिटर तथा सिँचाईको व्यवस्थापन गर्न जोड दिँदै गुप्ताले बाढी नियनत्रणतर्फ पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
जसपाका व्यासमुनिया यादवले विपन्न नागरिक लाभावन्ति हुने गरी नीति तथा कार्यक्रम ल्याउन जोड दिनुभयो । पालिका भित्र रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरुको विकास गरी पर्यटन आकर्षित गर्न, पालिकाको आन्तरिक आय बढाउन, कृषि बीमा कार्यक्रम सञ्चालन गर्न तथा युवाहरुलाई लोकसेवा तयारी कक्षा सञ्चालनका कार्यक्रम ल्याउन उहाँले सुझाव दिनुभयो ।
गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक)ले राजनीतिक दलहरुबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति, कार्यक्रम तथा बजेट बनाउने बताउनुभयो । अध्यक्ष गुप्ताले यस वर्षदेखि वितरणमुखी कार्यक्रमलाई निरुत्साहित गर्दै पालिकाको हित हुने खालका योजना ल्याउने जानकारी दिनुभयो । कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएर आगामी वर्षको कार्यक्रम ल्याउने अध्यक्ष गुप्ताले जानकारी दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारीले पालिकाबासीको सुझाव र चाहना अनुसार नै गाउँपालिका अघि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकाको विकासका लागि सबै क्षेत्रको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । उक्त अवसरमा राप्रपाका रघुनन्दन पाण्डे, जनता प्रगतिशील पार्टीका जिल्ला अध्यक्ष राधेरमण पाण्डे, जनमत पार्टीका अखिलेश पासी, लोसपाका व्यासमुनि गुप्ता, ज्येष्ठ नागरिक मुरारी गुप्ता लगायतले आआफ्नो धारणा व्यक्त गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण तिमिल्सिनाले जानकार िदिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस