२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासी टेलरिङ्ग व्यवसायी संघद्धारा भित्तेपात्रो सार्वजनिक

२०८० अषाढ ४, सोमबार प्रकाशित ( साल अघि) ३६८ पाठक संख्या

मोहन पौडेल
परासी, ४ असार । नवलपरासी टेलरिङ्ग व्यवसायी संघले वि.स.२०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । संघले प्रकाशन गरेको उक्त भित्तेपात्रोको एक कार्यक्रमकाबीच रामग्राम नगरपालिकाका निवर्तमान मेयर नरेन्द्र गुप्ताले बिमोचन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान मेयर गुप्ताले समय सापेक्ष प्रतिस्पर्धात्मक बजारमा आधुनिक सीपको मार्फत व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो । नयाँ तरिकाबाट अघि बढ्न नसके परम्परागत व्यवसायहरु सफल नहुने भन्दै उहाँले टेलरिङ्ग व्यवसायको प्रवद्र्धन र यस क्षेत्रका समस्या समाधानका लागि आफूले सक्दो पहल गर्ने बताउनुभयो ।
नवलपरासी टेलरिङ्ग व्यवसायी संघका अध्यक्ष राजु देवानले सबै व्यवसायी एकजुट भएर लाग्नुपर्ने आवश्यकता रहेकोमा जोड दिनुभयो । उहाँले टेलरिङ्ग व्यवसायलाई समय सापेक्ष बनाउन सीप र एकरुपता आवश्यक रहेको भन्दै आफ्नो दक्षता वृद्धिमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष सन्दिप अग्रहरी, पाल्ही बहुमुखी क्याम्पसका अध्यक्ष राधेश्याम पाठक, समाजसेवी विजय अग्रहरी, मुस्लिम संघका कार्यबाहक अध्यक्ष बद्री आलम, रामग्राम जेसीजका अध्यक्ष बेनीमाधव बस्याल, महासचिव विष्णुराज राव, संघका महासचिव रामकेवल यादव लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस