२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

सीनमा आवद्ध विद्यालयका पूर्व प्राथमिक तहका शिक्षकलाई क्षमता अभिवृद्धि प्रशिक्षण

२०८० अषाढ ३, आईतबार प्रकाशित ( साल अघि) ६०२ पाठक संख्या

परासी, ३ असार । सीन नवलपरासीको आयोजनामा शिक्षकहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सीनमा आवद्ध विद्यालयका प्रि–प्राईमरी तहका शिक्षकहरुलाई परासीमा दुई दिन प्रशिक्षण गराईएको हो ।
तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य बैजनाथ जयसवालले समय सापेक्ष नयाँ र आधुनिक शिक्षण विधिबाट शिक्षण कार्य गर्न आवश्यक रहेको बताउनुभयो । आधुनिक शिक्षण विधिले विद्यार्थीको सिकाई उपलब्धी पनि गुणस्तरीय हुने उहाँले बताउनुभयो । पूर्व प्राथमिक तहका शिक्षकहरुले बालबालिकालाई विद्यालय आकर्षित गर्ने वातावरण बनाउन महत्वपूर्ण भूमिका हुने गरेको उहाँको भनाई थियो ।
सिनका कार्यक्रम संयोजक उपेन्द्र गुप्ताको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्याब्सन नवलपरासीका अध्यक्ष गुरुदत्त पौडेलले शिक्षकहरुले आफ्नो दक्षता बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले व्यवहारिक शिक्षण विधि अपनाएर तालिममा सिकेका कुरालाई विद्यालयमा लागू गर्न जोड दिनुभयो ।
प्याब्सन गण्डकी प्रदेशका कार्यबाहक अध्यक्ष प्रकाश खनाल, प्याव्सनका पूर्व केन्द्रीय सदस्य दीपक कुंवर, सीनका वरिष्ठ सल्लाहकार राधेरमण पाण्डे, जिल्ला उपाध्यक्ष घुरहु यादव, रामग्राम सगरमाथा एकेडेमीका प्रिन्सिपल अविनाश रेग्मी, पत्रकार पुरुषोत्तम सुवेदी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
सीनमा आवद्ध ३० विद्यालयका पूर्व प्राथमिक तहका शिक्षकहरुको सहभागिता रहेको उक्त तालिममा प्रतिक्षा पुलामी र दिपा खनालले प्रशिक्षण दिनुभएको सीनका सल्लाहकार राधेरमण पाण्डेले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस