२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भूमहीमा पोषणमैत्री स्थानीय शासन सम्बन्धि अभिमुखिकरण

२०८० अषाढ १, शुक्रबार प्रकाशित ( साल अघि) ३७६ पाठक संख्या

मनिषा सुनार
भूमही, १ असार । पोषणमैत्री स्थानीय शासन विषयक अभिमुखिकरण कार्यक्रम पश्चिम नवलपरासीको सुनवल-१२ भूमहीमा सम्पन्न भएको छ ।
सुनवल नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा बहुक्षेत्रीय पोषण योजनाबारे जानकारी गराईएको थियोे ।
कार्यक्रममा पोषण स्थानीय शासनको अवधारण रणनिति र पोषण मैत्री स्थानीय तहका चरणहरुका बारेमा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख मोहन राज ज्ञवालीले जानकारी गराउनु भएको थियो । पोषण स्थानीय शासनको अवधारण रणनिति र पोषण मैत्री स्थानीय तहको सुचक लगायतको विषयमा सहजीकरण गरिएको हो ।
विःस २०८७ साल सम्म देशभरीका स्थानीय तहलाई पोषण मैत्री बनाउने रणनितिका साथ अहिले स्थानीय तहमा पोषण मैत्री कार्यक्रम संञ्चालन भइरहेको छ ।
सुनवल-१२ का वडा अध्यक्ष चुरामणि पौडेलको अध्यक्षता तथा नगर प्रवक्ता एवं वडा नं. १३ का अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रवक्ता बगालेले पोषण मैत्री स्थानीय शासन प्रबद्र्धनका लागि नगरपालिका जिम्मेवार बनेर अगाडी बढेको बताउनुभयो ।
कार्यक्रममा नगर स्तरीय पोषण समिति संयोजक सीता भण्डारी,सदस्य हुमा कुमारी बिक,कार्यपालिका सदस्य भगवती बस्याल,वडा सदस्य गौमाया गुरुङ,तुल्सि चौधरी,मधुमालती परियार,तारा सुनार,केशरी थापा,वडा नं. ११,१२ र १३ का स्वास्थ्य स्वयंसेविका,पोषण वडा स्तरीय समितिका सदस्यहरु,आधारभूत स्वास्थ्य केन्द्रका प्रतिनिधि लगायतको उपस्थिति रहेको बहुक्षेत्रीय पोषण कार्यक्रमकि सहजकर्ता पुरनदेवी चौधरीले जानकारी दिनुभयो । प्रशिक्षार्थी

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस