२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलको बासामा बृहत सरसफाइ तथा सचेतनामूलक कार्यक्रमसहित सरसफाइ सप्ताह मनाईयो

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) १६६२ पाठक संख्या

मोहन पौडेल
परासी, २७ जेठ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा आज पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ स्थित बासाबसही चोकमा बृहत सरसफाइ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सरसफाइबारे सचेतना जगाउने उद्देश्यले सरावल गाउँपालिका खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ सरावलको सहकार्यमा सरसफाइ तथा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी, वडा नं. १ का वडा अध्यक्ष विष्णुप्रसाद भट्टराई, स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा तथा स्थानीयवासीहरुले बासा चोकमा सरसफाइ गर्नुभएको थियो ।

S2

 

कार्यक्रमपछि बासाको शिवमन्दिरको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले मानिसको जीवनमा सरसफाइको ठूलो महत्व रहेको बताउनुभयो । उहाँले आफ्नो व्यक्तिगत शरिर तथा घरबाटै सरसफाइ अभियान चलाउन आग्रह गर्नुभयो ।
सरसफाइको कमीले नै मानिसले अनेक प्रकारका रोग लाग्ने भएकोले स्वस्थ रहन नियमित सरसफाइ आवश्यक रहेको अध्यक्ष चौधरीको भनाइ थियो । यस्तै खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ लुम्बिनी प्रदेश अध्यक्ष थानप्रसाद गैरेले मानिस बाँच्नका लागि पानी र सरसफाइको ठूलो महत्व रहेकोले यी दुवै क्षेत्रमा लापरवाही गर्न नहुनेमा जोड दिनुभयो । महासंघ लुम्बिनी प्रदेश सदस्य नारायण पाण्डेले सरावल गाउँपालिकाले आगामी वर्षको बजेटमा खानेपानी सर सरसफाइको क्षेत्रमा विशेष प्राथमिकताका साथ बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । उहाँले सचेतना जगाउँदै नागरिकलाई स्वच्छ खानेपानीको पहुँचमा पुर्याउन आग्रह गर्नुभयो ।

S3

 

वडा अध्यक्ष विष्णुप्रसाद भट्टराईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा खानेपानी महासंघका जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठ, जिल्ला सचिव देवीदत्त सापकोटा, टोल सुधार समितिका अध्यक्ष देवेन्द्र भट्टराई, गाउँपालिकाका महिला बालबालिका शाखा प्रमुख खेमनारायण खनाल लगायतले सरसफाइको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

S4

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस