२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

वातावरण स्वच्छ राख्न राष्ट्रिय युवा संघ पश्चिम नवलपरासीले हरियाली अभियान चलाउँदै

२०८० जेष्ठ २७, शनिबार प्रकाशित ( साल अघि) ५५१ पाठक संख्या

मोहन पौडेल
परासी, २७ जेठ । राष्ट्रिय युवा संघ नेपाल पश्चिम नवलपरासीले हरियाली अभियान सञ्चालन गर्ने भएको छ । वातावरणलाई स्वच्छ राख्न र बढ्दो तापक्रमलाई सन्तुलनमा राख्न सहयोग पुर्याउने उद्देश्यले जिल्लालाई नै हरियाली बनाउन यो अभियान शुरु गर्न लागिएको युवा संघले जनाएको छ ।
अभियान अन्तरगत राष्ट्रिय युवा संघमा आवद्ध सबै सदस्यहरुलाई अनिवार्य रुपमा रुख रोप्न र हुर्काउन निर्देशन गरिएको संघका जिल्ला अध्यक्ष ज्ञानप्रसाद पाठक(सन्तोष)ले जानकारी दिनुभयो । “राष्ट्रिय युवा संघ नेपालमा आवद्धता,सामाजिक काममा प्रतिवद्धता, ‘मेरो जिम्मेवारी , आफ्नो गाउँ टोल वनाउने हरियाली’ भन्ने नाराका साथ जिल्ला व्यापि हरियाली अभियान चलाउन लागिएको हो”, अध्यक्ष पाठकले भन्नुभयो ।
अध्यक्ष पाठकका अनुसार राष्ट्रिय युवा संघको जिल्ला कमिटीका सबै सदस्यले प्रतिव्यक्ति दश वटा बिरुवा रोप्ने र हुर्काउने जिम्मेवारी दिईएको छ । यस्तै पालिका कमिटीका प्रत्येक सदस्यले कम्तीमा पाँच वटा विरुवा, वडा कमिटीका प्रत्येक सदस्यले कम्तीमा दुई वटा बिरुवा रोपी हुर्काउनु पर्नेछ । राष्ट्रिय युवा संघको कुनै कमिटीमा नरहेका तर यस संघमा आवद्ध रहेका अन्य सदस्यहरुले पनि कम्तीमा एउटा विरुवा रोपेर हुर्काउने गरि अभियान सञ्चालन गर्न लागिएको अध्यक्ष पाठकको भनाई छ ।
“पर्यावरणीय हिसावले पनि बोटविरुवा लगाउनु उपयुक्त हुन्छ, राष्ट्रिय युवा संघ नेपालका युवा साथीहरू मात्र नभई अन्य दलका वा दलमा नभएका सवै युवाहरुको समेत सामाजिक दायित्व भएकाले यस अभियानमा सवैलाई जोडिन आग्रह गर्दछु”, अध्यक्ष पाठकले भन्नुभयो ।
हाल बढ्दो तापक्रम र खडेरी रहेकोले मनसुन शुरु भएपछि यो अभियान चलाईने संघका जिल्ला सचिव विनोद पुनले जानकारी दिनुभयो । संघका आवद्ध सदस्यहरुले आआफ्नो घर आँगन,विधालय, सार्वजनिक स्थल अथवा जहाँ उपयुक्त हुन्छ उक्त स्थानमा फलफूलका बोटविरुवा लगाएर हरीयाली बनाउनुपर्ने सचिव पुनले बताउनुभयो । यसैगरी संघको केन्द्रीय कमिटीले “समाज परिवर्तनको अभियान,नवयुवाको योगदान “भन्ने नाराका साथ शुरु गरेको Mission Next Election ,Target New Generation विषयक चार महिने विशेष अभियान संगसगै जिल्लाको यो अभियान पनि अघि बढाउन लागिएको हो ।
राष्ट्रिय युवा संघ नेपाल नवलपरासीले विभिन्न सामाजिक काम गर्दै आएको छ। राष्ट्रिय युवासंघ नेपाल को ३४औ स्थापना दिवसको अबसरमा सामाजिक सन्जालको माध्यमबाट लागू औषध दुव्र्यसनी, कुलत लगायत ,विभिन्न सामाजिक समस्याहरुको विरुद्ध १०० दिने सचेतना अभियान समेत चलाउदै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस