२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

नवलपरासीको प्रतापपुरमा पतिपत्नी मृत फेला

२०८० जेष्ठ २३, मंगलबार प्रकाशित ( साल अघि) ६५२५ पाठक संख्या

मोहन पौडेल
परासी, २३ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ८ मजुवा मर्चहवामा एकै घरका पतिपत्नी मृत अवस्थामा फेला परेका छन् ।
उनीहरूको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । प्रतापपुर-८ वैरिहवा घर भई हाल सोही वडाको मजुवा मर्चहवा बस्ने पचास वर्षीय तीलकराज भेडियार र उनकी श्रीमती पचास वर्षीया निर्मला भेडियार आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उनीहरू त्यहाँ केही वर्ष देखि गाई भैंसी पालन गर्दै आएका थिए । गोठको अगाडि १५ मिटर दुरिको फरकमा दुवै जनाको शव भेटिएको हो ।

IMG 20230606 WA0002

घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा कुकुर सहितको टोली परिचालन गरि अनुसन्धान सुरु गरिएको डिएसपी पाण्डेले बताउनुभयो ।

IMG 20230606 WA0003

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%३%४८%१०%

प्रतिक्रिया दिनुहोस