२०८२ पौष ११, शुक्रबार
24 खबर अपडेट

अवैध चाँदीजन्य पदार्थसहित एक भारतीय पक्राउ

२०८० जेष्ठ २२, सोमबार प्रकाशित ( साल अघि) ६५७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ जेठ । पश्चिम नवलपरासी प्रहरीले भन्सार छली नेपाल भित्राएको अवस्थामा अवैध चाँदीजन्य वस्तु बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीबाट चाँदी जस्तै देखिने धातुजन्य पदार्थसहित एक व्यक्तिलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा भारतको महाराजगञ्ज जिल्ला निचलौल बस्ने ५३ वर्षीय दिलिप बर्मा रहेको जिल्ला प्रहरी कार्यालय परासीले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार विशेष सूचनाको आधारमा प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले शंका लागि जाँच गर्ने क्रममा बर्माको साथबाट करिब रु तीन लाख चालिस हजार बराबरको अवैध चम्चा, कटौरा, पाउजु लगायत २७५० ग्राम चाँदी जस्तै देखिने धातुजन्य पदार्थ फेला पारेको हो ।
पक्राउ परेका बर्मालाई आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस