२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्राम–१० मा पोखरीमा डुबेर एक बालिकाको मृत्यु, एकको अवस्था गम्भीर

२०८० जेष्ठ २२, सोमबार प्रकाशित ( साल अघि) १४०३ पाठक संख्या

मोहन पौडेल
परासी, २२ जेठ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका– १० नदवामा आज पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ । अर्की बालिकाको गम्भीर अवस्थामा उपचार भईरहेको छ ।
मृत्यु हुनेमा खोटाङ घर भई हाल रामग्राम–१० स्थित वरुण वेभरेज(पेप्सी कम्पनी)मा कार्यरत लेखराज खत्रीकी छोरी ११ वर्षीय युनिषा खत्री रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
आज विहान करिब पौने १२ बजेको समयमास्थानीय निवास केवटको माछा पोखरीमा पौडी खेल्ने क्रममा बालिकाको डुबेर मृत्यु भएको हो । युनिषासँगै पौडी खेल्ने क्रममा डुबेकी सात वर्षीय मुना खत्रीको अवस्था गम्भीर छ ।
पोखरीमा डुबिरहेको अवस्थामा दुवै जनालाई उद्धार गरि उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याईएकोमा करिब १२ बजेको समयमा युनिषालाई अस्पतालले मृत्त घोषणा गरेको थियो भने मुनालाई थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस