२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

ज्योति विकास बैंकद्धारा परासी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन

२०८० जेष्ठ २१, आईतबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

परासी, २१ जेठ । ज्योति विकास बैंक परासी शाखाको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । परासीस्थित परासी क्याम्पसमा बैंकले आज वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
क्याम्पसमा स्नातक तहमा अध्ययनरत विधार्थीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा व्यक्तिगत तथा पारिवारिक आर्थिक व्यवस्थापन, डिजिटल बैंकिङ कारोबार, “आजको सानो बचत, भोलिको भविष्य“ लगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रया गरिएको बैंकका परासी शाखा अपरेसन प्रमुख मनिस ढकालले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
वर्तमान समयमा अझै पनि कतिपय गाउँघरमा बैंकिङ कारोबारको महत्व र अपरिहार्यताबारेको जानकारीबाट वञ्चित रहेका तथा आर्थिक व्यवस्थापन, बचत गर्नुपर्ने बानी, कर्जा सदुपयोगता लगायतका विषयमा जानकारी गराउन सबैले पहल गर्नुपर्ने बैंकका परासी शाखा प्रमुख दीपक अधिकारीले बताउनु भयो । शाखा प्रमुख अधिकारीले सामाजिक उत्तरदायित्व कार्यक्रममा एक कदम अगाडि बढेर ज्योति विकास बैंकले सलर र सहज बैंकिङ सेवामा आफुलाई अब्बल दर्जाको रुपमा प्रस्तुत गर्दै धेरै भन्दा धेरै प्रविधिमैत्री बनाएको बताउनुभयो ।
उहाँका अनुसार बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम कार्ड बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । यस्तै मोबाईल बैंकिङ्ग, क्यु आर कोड, करपोरेट पे, आई.पि.एस., अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, हेल्प डेस्क नम्बर ९८०२३१४४४० मा सम्पर्क सेवा सहितका सेवा प्रदान गर्दै आएको छ । यी सेवाको भरपुर उपयोग गरी बैंकको शाखा कार्यालयमा भौतिक रुपमा उपस्थित नभई घरबाटै सेवा उपयोग गर्न सकिने व्यवस्था समेत बैंकले गरेको शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रममा क्याम्पस प्रमुख सुमनगोपाल आचार्यले बर्तमान परिस्थितिमा ज्योति विकास बैंकले विधार्थीहरुलाई प्रदान गरेको वित्तीय साक्षरता अति उपयोगी र महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले परासी शाखाले विभिन्न क्याम्पस तथा स्कुल, स्थानीय तह, वडा कार्यालय,विभिन्न संघ संस्थासँग समन्वय गरि यस किसिमका कार्यक्रम अन्य स्कुल, कलेज तथा समुदायमा समेत सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Joto 2

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%१%

प्रतिक्रिया दिनुहोस