२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सरावल गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंकको एक्स्टेन्सन काउण्टर स्थापना

२०८० जेष्ठ २१, आईतबार प्रकाशित ( साल अघि) ७३७ पाठक संख्या

परासी, २१ जेठ । राष्ट्रिय वाणिज्य बैंक परासी शाखाले पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकामा एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ । काउण्टरको आज एक कार्यक्रमबीच सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले उद्घाटन गर्नुभयो ।
काउण्टर सेवाको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले गाउँपालिकाका सम्पूर्ण आर्थिक कारोबारका लागि अब बैंक धाईरहन नपर्ने बताउनुभयो । काउण्टर सेवाले गाउँपालिकाको सेवा प्रवाहमा सरलता प्रदान गर्ने बताउँदै अध्यक्ष चौधरीले आगामी दिनमा नागरिकका सेवा विस्तार गर्न पनि जोड दिनुभयो ।
उहाँले काउण्टर सेवालाई प्रभावकारी बनाउँदै गाउँपालिकाबासीलाई नै लाभ हुने गरी सेवा प्रदान गर्न आग्रह गर्नुभयो । राष्ट्रिय वाणिज्य बैंंक परासी शाखाका सहायक प्रबन्धक सुमित शाक्यले गाउँपालिकाका सम्पूर्ण आर्थिक कारोबारलाई सहज बनाउन काउण्टर सेवा स्थापना गरिएको बताउनुभयो । हालका लागि राजस्व जम्मा, .नगद जम्मा, जर्नल ट्रान्सफर, एकाउण्ट ट्रान्सफर लगायतका सेवाहरु प्रदान गरिने र निकट भविष्यमै खाता खोल्न सकिने सेवा पनि विस्तार गर्दै जाने लक्ष्य रहेको सहायक प्रबन्धक शाक्यले जानकारी दिनुभयो ।

Rbb1

 

Rbb2

 

Rbb3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस