२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सरावलमा उद्घोषण तथा पत्रकारिता तालिम सुरु

२०८० जेष्ठ २०, शनिबार प्रकाशित ( साल अघि) १७०१ पाठक संख्या

परासी, २० जेठ । उद्घोषण तथा पत्रकारिता क्षेत्रमा युवापुस्तालाई आकर्षित गर्न पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा उद्घोषण कला तथा पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।
सरावल गाउँपालिकाको सहयोग र रमादेवी मिडिया प्रालि नवलपरासीको आयोजनामा आज देखि उक्त तालिम सुरु गरिएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने तालिममा उदघोषण कला, पत्रकारिता, समाचार लेखन, सार्वजनिक कार्यक्रम सञ्चालन, सार्वजनिक भाषण, आमसञ्चार लगायत विषयमा प्रशिक्षण दिइने आयोजक रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो समय सञ्चारमाध्यमको विकास तीव्र रुपमा भइरहेको तर दक्ष जनशक्ति नपाइएको अवस्थामा तालिमबाट दक्षता हासिल गर्नेहरुलाई अवसर रहेको उहाँले बताउनुभयो ।
तालिममा सरावल गाउँपालिकाका सात वटै वडाबाट ४० जना युवाहरूको सहभागिता रहेको छ । तालिममा उद्घोषण कलाको विषयमा दीपक बराल क्षेत्री र पत्रकारिताको विषयमा पत्रकार शान्ति बिकले प्रशिक्षण दिनुहुनेछ ।
तालिमको आज एक समारोहबीच सरावल-३ का वडा अध्यक्ष फिरंगी चौधरीले उद्घाटन गर्दै पत्रकारितामार्फत सरावलको समृद्वि सुशासन, पारदर्शिता र यहाँका पर्यटकीय सम्भावना बोकेका गन्तव्यहरुको प्रचारप्रसार, कृषि, खेलकुद, कला संस्कृतिको संरक्षणमा टेवा पुर्याउने उद्येश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । पत्रकारिता क्षेत्र सबैले विश्वास गर्ने पेसा भएको उहाँले बताउनुभयो । उहाँले पत्रकारिता पेसा खबरदारी गर्ने माध्यम भएकोले पत्रकारले पत्रकारिता मार्फत समाजमा सुशासन कायम राख्न सहयोग पु¥याउनु पर्नेमा जोड दिनुभयो । भौतिक विकास मात्र नभई व्यक्तित्व विकासमा पनि गाउँपालिकाले जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रशिक्षक दीपक बरालले सफल उद्घोषक बन्न सके उद्घोषण क्षेत्रमा राम्रो सम्भावना भएकोले तालिममा सिकेका कुराहरुलाई प्रभावकारी रुपमा व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

20230603_120127 20230603_121900

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस