२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शिक्षा ऐेन नहुँदा शैक्षिक सुधारका काम अघि बढाउन समस्या भयो – मन्त्री गुप्ता

२०८० जेष्ठ १७, बुधबार प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

मोहन पौडेल
परासी, १७ जेठ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सिके गुप्ताले शिक्षा ऐेन नहुँदा शैक्षिक सुधारका कार्य अघि बढाउन नसकिएको बताउनुभएको छ । संविधान जारी भएको सात वर्ष बढी हुँदा पनि संघीय सरकारले शिक्षा ऐेन ल्याउन नसकेको उहाँले बताउनुभयो ।
पश्चिम नवलपरासीस्थित जिल्ला समन्वय समिति परासीमा आज आउनु भएका मन्त्री गुप्ताले शिक्षा क्षेत्रको सुधारका लागि धेरै काम गर्न खोजेको तर ऐेनकै अभावका कारण अन्योलमा परेको बताउनुभएको हो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न कम्तीमा प्राथमिक तहसम्म अनिवार्य अंग्रेजी माध्यममा पठनपाठन हुनुपर्ने मन्त्री गुप्ताको भनाइ थियोे । कतिपय वडाहरुमा स-साना विद्यालयहरु एकै ठाउँमा हुँदा विद्यार्थी तथा शिक्षकको कमी हुनुका साथै राज्यलाई नै अनावश्यक भार परिरहेकोले नजिकका विद्यालय मर्ज अभियान सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
मन्त्री गुप्ताले मुस्लिम लगायतका समुदायमा छात्राहरूले छात्र सँग बसेर शिक्षा लिन हिच्किचाउने प्रवृत्ति रहेकोले छात्राहरूको लागि छुट्टै विद्यालय सञ्चालन गर्ने समेत प्रदेश सरकारको सोच रहेको बताउनुभयो । नेपालम‌ै नमूनाको रुपमा चिनिएका कान्ति मावि,कालिका मावि लगायतका विद्यालयमा अध्यापनरत शिक्षकहरुको अनुभव अन्य विद्यालयमा पनि सिकाई आदानप्रदान तथा तालिमको माध्यमबाट प्रदान गरि सामुदायिक विद्यालयलाई अब्बल बनाउन सकिने मन्त्री गुप्ताको धारणा छ ।
जिल्ला समन्वय समिति प्रमुख भगौती यादवले शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेकोले प्रदेश सरकारले त्यसतर्फ विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि प्रदेश सरकारले जिल्ला समन्वय समितिलाई जिम्मेवारी दिएमा आवश्यक सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस