२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा विभिन्न कार्यक्रमसहित गणतन्त्र दिवस तीन दिन मनाईँदै

२०८० जेष्ठ १४, आईतबार प्रकाशित ( साल अघि) ३४२ पाठक संख्या

दैनिक24 खबर
परासी, १४ जेठ । पश्चिम नवलपरासीमा गणतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ तीन दिन मनाईने भएको छ । जिल्लाका सरोकारवालाहरुको आज परासीमा बसेको बैठकले तीन दिनसम्म विभिन्न कार्यक्रम गरी हर्षाेल्लासका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)को अध्यक्षतामा बसेको बैठकले आजदेखि १६ गतेसम्म भव्यताका साथ गणतन्त्र दिवस मनाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आज जेठ १४ देखि १६ गते सम्म तीनै दिन सम्पूर्ण जिल्लावासीलाई घरघरमा दीपावली गर्न आह्वान गरिएको छ।
यस्तै भोली गणतन्त्र दिवसको दिन विहान ७ बजे परासी बुद्धचोकमा भेला भई प्रभातफेरि गरी नगर परिक्रमा गरेर कोणसभा गर्ने तथा पृथ्वीचन्द्र अस्पताल र दृष्टिविहीन विद्यार्थीलाई फलफूल वितरण गर्ने कार्यक्रम तय गरिएको छ । बैठकले जिसस प्रमुख यादवको संयोजकत्वमा जिल्लास्थित प्रदेशसभा सदस्यहरु, स्थानीय तहका प्रमुखहरु, राजनीतिक दलका प्रमुखहरु, सरकारी कार्यालय तथा गैरसरकारी संघ संस्थाका प्रमुखहरु रहेको गणतन्त्र दिवस २०८० समारो समिति गठन गरेको छ ।
यस्तै जेठ १६ गते विभिन्न सरकारी कार्यालय, सार्वजनिक निकाय, ऐतिहासिक सम्पदा तथा धार्मिक स्थलहरुमा बृहत सरसफाइ कार्यक्रम गरी सौन्दर्यीकरण गरी गणतन्त्र दिवस मनाउने निर्णय गरिएको जिसस प्रमुख यादवले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस