२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

लियो क्लवको पहलमा भूमही चोक र सहकारी चोकमा निःशुल्क वाईफाई सेवा शुरु

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) ३५३ पाठक संख्या

परासी, १३ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको भूमहीमा फ्रि वाईफाईको व्यवस्था गरिएको छ । विशेषगरी पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुहरुको सहजताका लागि लियो क्लव अफ रामनगरको सक्रियतामा निःशुल्क वाईफाईको व्यवस्थापन गरिएको हो ।
स्मार्ट लिंक नेटवर्कको समन्वयमा आज एक कार्यक्रम गरी निःशुल्क वाईफाई सेवाको शुभारम्भ गरिएको लियो क्लव अफ रामनगरका सचिव सुरेन्द्र प्रजापति(एसके)ले जानकारी दिनुभयो । सुनवलको वडा नं. १२ स्थित भूमही चोक र सहकारी चोकमा यो सेवा शुरु गरिएको हो ।
लियो क्लव अफ रामनगरका अध्यक्ष रुपेश गौतमको अध्यक्षता तथा लायन्स क्लव अफ रामनगरका अध्यक्ष बलराम चापागाईको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा रामनगर बजार व्वस्थापन समितिका अध्यक्ष युवराज भुसाल, लायन्स क्लवका पूर्व अध्यक्ष भवानी ढकाल, ईन्कमिङ् प्रेसिडेन्ट गंगाधार पाण्डे,प्रहरी नायव निरीक्षक कृष्ण पाण्डे, बेद संजालका संस्थापक अध्यक्ष कृष्ण पाण्डे, वेद संजालका अध्यक्ष यमन भण्डारी लगायतले उक्त सेवा शुरु गरेकोमा लियो क्लवको प्रशंसा गर्नुभएको थियो ।
लामो दुरीको यात्रामा रहने यात्रुलाई पर्न सक्ने आपतकालिन समस्या लाई मध्यनजर गर्दै यो सेवा शुरु गरिएको क्लवका अध्यक्ष गौतमले बताउनुभयो । बिशेषगरी रातीको समयमा यात्रुहरुलाई रिचार्ज गर्न समस्या हुने, डाटा नहुने अवस्थालाई सह जगर्न निःशुल्क वाईफाईको सेवा मार्फत सेवा दिएको सचिव प्रजापतिले बताउनुभयो । यो सेवामा अनलाईन गेम तथा टिकटक नचल्ने गरी व्यवस्थापन गरिएको छ । यो सेवाको संरक्षण सुनवल वडा नं. १२ कार्यालय, स्मार्ट लिंक नेटवर्कले गर्नेछ भने निगरानी लियो क्लवले गर्ने जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस