२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

एमाले विरुद्ध प्रहार भईरहेकोले प्रतिवाद गरौँ – महासचिव पुरी

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) २८२ पाठक संख्या

गौरीशंकर जयसवाल
परासी १३ जेठ । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय महासचिव सुमन पुरीले नेकपा एमाले विरुद्ध गलत प्रचार गरेर भ्रम पैदा गरिएको भन्दै युवाहरुलाई प्रतिवाद गर्न आह्वान गर्नुभएको छ । मुलुकमा हालै उदाएका नयाँ पार्टीहरुबाट समेत एमालेलाई प्रहार गर्ने काम भएको उहाँले जिकिर गर्नुभयो ।
आज पश्चिम नवलपरासीको परासीमा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गदै महासचिव पुरीले पार्टी विरुद्ध गलत आरोप लगाउनेलाई युवाहरुले गाउँगाउँ टोल टोलबाट प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
एमाले गरेको राम्रो काम र एमालेले ल्याएको विकास योजनाहरुबारे गाउँगाउँमा पुगेर प्रचारप्रसार गर्न पनि उहाँले युवाहरुलाई निर्देशन दिनुभयो । बैठक राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी अध्यक्ष ज्ञानप्रसाद पाठक सन्तोषको अध्यक्षता तथा केन्द्रिय महासचिव पुरीको प्रमुख आतिथ्यमा बिभिन्न निर्णय गर्दै सम्पन्न भएको हो ।
बैठकले नवलपरासीको सातवटै पालिकामा संयोजक तोकेको छ । जस अनुसार सुस्ता र प्रतापपुरमा ज्ञानप्रसाद पाठक,पाल्हीनन्दन गाउँपालिकामा सन्दिप अधिकारी,बर्दघाट नगरपालिकामा धनप्रसाद भट्राई,सरावलमा सन्देश गुरुङ्ग,सुनवल नगरपालिकामा बिनोद पुन र रामग्राम नगरपालिकामा उमेश सहानीलाई संयोजकको जिम्मेवारी दिइएको छ । त्यस्तै बैठकले ७४ वटै वडामा जिल्ला कमिटी सदस्यहरुलाई बैठक ÷भेला गरेर असार दश गते भित्र प्रतिबेदन पेश गर्न निर्देशन दिएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका सचिव बिनोद पुनले जानकारी दिनुभयो ।
बैठकमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सचिव खेम शर्मा,एमाले लुम्बिनी प्रदेश सदस्यद्धय लक्ष्मी क्षेत्री,सूर्य न्यौपाने, राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य राम भण्डारी, पूर्व केन्द्रिय सदस्य एकदेव पाण्डे, लगायत बैठकको पूर्ण सफलताको शुभकाना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस