२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रेस युनियनको स्थापना दिवसमा नवलपरासीमा दीपप्रज्वलन

२०८० जेष्ठ १३, शनिबार प्रकाशित ( साल अघि) ४५० पाठक संख्या

परासी , १३ जेठ । नेपाल प्रेस युनियन पश्चिम नवलपरासी शाखाले ३२ औँ स्थापना दिवस मनाएको छ । युनियनले परासी बुद्ध चोकमा आज साँझ दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।
युनियनका जिल्ला सभापति उमेश कुमार बिकको अध्यक्षता तथा सुनवल नगरपालिका संस्थापक मेयर एवं नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य भीम बहादुर थापा ( भरत ) को प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ नवलपरासी शाखाका अध्यक्ष हरि शर्माको विशेष आतिथ्यमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा नेता थापाले पत्रकार सत्य तथ्यमा केन्द्रित हुनुपर्नेमा जोड दिनुयभो । देश र समाजमा भएको विभिन्न अनियमितता र भष्टाचारको गतिविधि पता लगाई सबै सामु पत्रकारले ल्याए मात्र राजनीतिक,समाजिक गतिविधि सुध्रिने उहाँको भनाई थियो । पत्रकारिता क्षेत्र राज्यको चौथो अंग भएकोले राज्यको तीन वटै अङ्गको खबरदारी गर्नु दायित्व रहेको बताउदै स्थापना दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नेपाल पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्माले महासंघले चलाएको सदस्यता शुद्धीकरण अभियनमा प्रेस युनियनलाई साथ सहयोग गर्न अनुरोध गर्दै सबै श्रमजिवि पत्रकारको हकहितमा युनियन लागोस भनेर स्थापना दिवसको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियन पश्चिम नवलपरासी निवर्तमान सभापति पुरुषोत्तम सुवेदी , परासी प्रेस क्लबका अध्यक्ष बेचु गौड , प्रेस चौतारी नवलपरासीका उपाध्यक्ष गौरी शंकर जैसवाल , सुनवल उद्योग बाणिज्य संघका अध्यक्ष रमेश कर्माचार्य लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
नवलपरासीमा विभिन्न सञ्चार गृहमा कार्यरत सय बढी पत्रकार तथा सञ्चारकर्मी प्रेस युनियनमा आवद्ध रहेको युनियनको सभापति उमेश बि.क ले जानकारी गराउनु भयो । सभापति बि.क ले अब प्रेस युनियनले पनि सदस्यता सुदृढीकरण गर्दै श्रमजिवी पत्रकारको हकहितमा लागिरहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।
प्रेस युनियन उपसभापति सन्जिव कोइरालाको स्वागत तथा सचिव अनिल यादवको सञ्चालन रहेको थियो । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षणका लागि २०४८ जेठ १३ गते स्थापना भएको युनियन, आज देशभरी यसमा आबद्ध पत्रकारहरुले शुभकामना आदनप्रदान गरेर दिवस मनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस