२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रभावकारी भाषणकला तथा युवा पत्रकारिता तालिम शुरु

२०८० जेष्ठ ७, आईतबार प्रकाशित ( साल अघि) ४२३ पाठक संख्या

परासी, ७ जेठ । पश्चिम नवलपरासीको सुनवलमा प्रभावकारी भाषणकला तथा युवा पत्रकारिता तालिम शुरु भएको छ । आजदेखि एक हप्तासम्म सञ्चालन हुने उक्त तालिमको सुनवल नगरपालिकाकी प्रमुख बिमला अर्यालले उद्घाटन गर्नुभयो ।
नगर प्रमुख अर्यालले युवाहरुको सशक्तिकरणबाट समाज रुपान्तरण सम्भव रहेको बताउनुभयो । समृद्ध सुनवल बनाउने लक्ष्यलाई पूरा गर्न युवाहरुको सशक्तिकरणलाई जोड दिँदै नगरपालिकाले यस किसिमको तालिम सञ्चालनको सोच लिएको नगर प्रमुख अर्यालले बताउनुभयो । भौतिक पूर्वाधारको विकासले मात्र पूर्ण विकास नहुने भन्दै उहाँले सशक्तीकरण, क्षमता अभिवृद्धि र चेतना वृद्धि पनि विकासको पाटो भएको उल्लेख गर्नुभयो ।
युवा सक्षम भएमात्र समाज रुपान्तरण हुने बताउँदै उहाँले सामाजिक विकृति, विसंगति नियन्त्रण गर्न पनि युवाहरुको महत्वपूर्ण भूमिका हुनुपर्नेमा जोड दिनुभयो । नगर प्रमुख अर्यालले नगरवासीको चाहना अनुसार नै नगरपालिकाले काम गरिरहेको बताउनुभयो ।
सुनवल नगरपालिका वडा नं.१ का वडा अध्यक्ष मन बहादुर थापाले युवाहरुको क्षमता वृद्धि र समाज रुपान्तरणमा यस तालिमबाट महत्वपुर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तालिममा अनुशासन पूर्वक ज्ञान लिएर व्यवहारिक जीवनमा लागू गर्न सके जीवनमा आमूल परिवर्तन आउने बताउनुभयो ।

Sun2

सुनवल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलले युवाहरुको जीवनलाई उज्वल र सकरात्मक बनाउन शसक्तीकरण तथा क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । यस तालिमबाट सिकेका ज्ञानलाई व्यवहारिक रुपमै कार्यान्वयन गर्न सके जीवनमा आमूल परिवर्तन आउने उहाँले बताउनुभयो ।
सुनवल १ का वडा अध्यक्ष थापाको अध्यक्षता तथा नगर प्रमुख अर्यालको प्रमुख आतिथ्यमा तालिम उद्घाटन भएको थियो । सुनवल नगरपालिकाको आयोजना तथा रमादेवी मिडिया प्रालि नवलपरासीको सहजीकरणमा शुरु भएको उक्त तालिममा नगरका १३ वटै वडाका युवाहरुको प्रतिनिधित्व रहेको रमादेवी मिडिया प्रालिका प्रबन्ध निर्देशक मोहन पौडेलले बताउनुभयो । तालिममा प्रशिक्षक द्धय शान्ति विक र दीपक बरालले प्रशिक्षण दिनुहुनेछ।

Sun3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस