२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

बालमैत्री अभियानमा अघि बढ्दै सरावल, पालिका स्तरीय बाल सञ्जाल गठन

२०८० जेष्ठ ७, आईतबार प्रकाशित ( साल अघि) ८८३ पाठक संख्या

मोहन पौडेल
परासी, ७ जेठ । बालमैत्री गाउँपालिका बनाउने लक्ष्यका साथ बालमैत्री अभियानलाई अघि बढाएको पश्चिम नवलपरासीको सरावल गाउँपालिकाले बालबालिकाको क्षमता अभिवृद्धि गर्दै उनीहरुलाई संगठित गरेको छ । आगामी २०८३ सालभित्र पालिकालाई बालमैत्री पालिका बनाउने सरावल गाउँपालिकाको तयारी छ ।
बालबालिकालाई सक्रिय बनाउँदै बालमैत्री अभियानलाई सार्थक बनाउन पालिकाले वडादेखि पालिका स्तरीय बाल सञ्जालको गठन तथा पुनःगठन गरेको छ । सबै वडामा वडा स्तरका सञ्जाल गठनपछि आज सरावल गाउँपालिका स्तरीय बाल सञ्जाल पुनःगठन गरिएको छ । आज सरावलमा भएको भेलाले सम्सुदिन धुनियाको अध्यक्षतामा ११ सदस्यीय बाल सञ्जाल गठन गरेको हो ।
नवगठित सञ्जालको उपाध्यक्षमा दिलमाया चौधरी, सचिवमा प्रियंका यादव, सहसचिवमा भोला कोईरी, कोषाध्यक्षमा दिपक कोईरी चयन हुनुभएको छ भने सदस्यहरुमा दिवस भुसाल, आर्यन चौधरी, अनिषा मुराउ, सारदा पाण्डे, रञ्जना हरिजन, कल्पना हरिजन रहनुभएको छ । सञ्जालमा सबै वडाको प्रतिनिधित्व रहेको छ । भेलामा सरावलका सातै वडाबाट बालबालिकाको सहभागिता रहेको थियो । उक्त अवसरमा बेस नेपालका शालिकराम पोखरेल र गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख खेमनारायण खनालले उत्प्रेरणामूलक प्रशिक्षण समेत दिनुभएको थियो ।
यसअघि सातै वडामा पनि क्षमता अभिवृद्धि तालिमसहित वडा स्तरीय बाल सञ्जालको गठन तथा पुनःगठन गरिएको थियो । बालबालिकालाई शासकीय पद्धतिमा सहभागि बनाउँदै उनीहरुको सर्वाङ्गिण विकासमा टेवा पुर्याउन गाउँपालिकाले बालमैत्री अभियानलाई आत्मसाथ गरि अघि बढीरहेको गाउँपालिका उपाध्यक्ष बासमति हरिजनले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपाध्यक्ष हरिजनले गाउँपालिकालाई बालमैत्री पालिका बनाउन सबै पक्षको महत्वपूर्ण भूमिका हुने भएकोले सबैले आआफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका लेखा अधिकृत नारायण पाण्डे, योजना शाखा प्रमुख ईश्वरी खनाल, महिला तथा बालबालिका शाखा प्रमुख खेमनारायण खनाल, गोपिचन्द हरिजन लगायतको पनि सहभागिता गाउँपालिका अध्यक्षका स्वकीय सचिव सञ्जय मौर्यले जानकारी दिनुभयो ।
बालमैत्री अभियान अन्र्तगत सरावलको वडा नं. १ लाई यही आर्थिक वर्षको अन्त्यसम्ममा बालमैत्री वडा घोषणा गर्ने गरी अन्तिम तयारी भईरहेको भने क्रमशःअन्य वडाहरुलाई पनि बालमैत्री घोषणा गर्दै अघि बढ्ने गाउँपालिकाको योजना छ । सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले आगामी आर्थिक वर्षको बजेटमा बालमैत्री अभियानलाई विशेष महत्वका साथ नीति, कार्यक्रम तथा योजनामा समवेश गर्दै बजेट विनियोजन गरिने बताउनुभयो ।
बालमैत्री पालिका घोषणाका लागि आवश्यक सूचक तथा खुड्किलालाई सार्थक बनाउन प्राथमिकताका साथ बालबालिका लक्षित कार्यक्रमहरु ल्याउने उहाँले बताउनुभयो । कार्यपालिकाले नै तोकिएको समयमा बालमैत्री पालिका बनाउने प्रतिबद्धता गरेको बताउँदै अध्यक्ष चौधरीले बालबालिकाको अधिकार सुनिश्चित गर्न पालिका प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस