२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

विश्व रेडक्रस दिवस-परासीमा दीपप्रज्वलन,निःस्वार्थ मानवीय सेवामा समर्पित छौँ : सभापति अग्रहरी

२०८० बैशाख २५, सोमबार प्रकाशित ( साल अघि) २९९ पाठक संख्या

परासी, २५ वैशाख । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीका सभापति राजेन्द्र प्रसाद अग्रहरीले निःस्वार्थ भावले मानवीय सेवामा समर्पित रहेको बताउनुभएको छ । उहाँले रेडक्रस र यसको छविलाई सँधै बचाईराख्नु सबैको दायित्व भएकोमा जोड दिनुभयो ।
विश्व रेडक्रस दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाले आज साँझ परासीमा गरेको दीपप्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति अग्रहरीले उक्त कुरा बताउनुभएको हो । उहाँले रेडक्रसलाई राजनीतिकरण नगरी मानवीय सेवामा समर्पित हुन आग्रह गर्नुभयो । रेडक्रसको केन्द्रीय समिति नहुँदा जिल्ला शाखाहरु अभिभावक विहीन जस्तै भएको बताउँदै उहाँले अविलम्ब केन्द्रीय कार्य समिति निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले रेडक्रसले मानवीय सेवा र समाजमा खेल्दै आएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले युद्ध, प्राकृतिक प्रकोप, हिंसा, महामारी लगायतको अवस्थामा रेडक्रसको भूमिका अहम रहँदै आएको उल्लेख गर्दै रेडक्रसलाई बलियो बनाउँदै यसको भूमिकालाई थप प्रभावकारी बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य अलाउदीन अन्सारी, नागरिक समाज नवलपरासीका अध्यक्ष राधेश्याम सिंह सैथवार, रेडक्रसकर्मी,सञ्चारकर्मी, रेडक्रसका स्वयमसेवक लगायतको उपस्थितिमा दीप प्रज्वलन गरी रेडक्रसका जन्मदाता जाँ हेनरी ड्युनाको सम्मान र शान्तिको कामना गरिएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्रीले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । दिवसकै अवसरमा रेडक्रस जिल्ला शाखाले आज विहान पृथ्वीचन्द्र अस्पतालका विरामीलाई फलफूल पनि वितरण गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस