२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रेडक्रस बालपुरी उपशाखाले गर्यो बृहत रक्तदान कार्यक्रम, रक्तदाताको उत्साहजनक सहभागिता

२०८० बैशाख २५, सोमबार प्रकाशित ( साल अघि) १०३५ पाठक संख्या

परासी, २५ वैशाख । विश्व रेडक्रस दिवसको अवसरमा पश्चिम नवलपरासीको सरावलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाईटी बालपुरी उपशाखाको आयोजना, जिल्ला शाखा रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोग, सरावल गाउँपालिकाको सहकार्य र तिरुपति बालाजी एग्रो प्रालिको सहयोगमा बृहत रक्तदान कार्यक्रम गरिएको हो ।
कार्यक्रममा स्थानीय ३० पुरुष र पाँच महिला गरी ३५ जनाले रक्तदान गरेको बालपुरी उपशाखाका सभापति सञ्जय मौर्यले जानकारी दिनुभयो । रक्तदानका लागि स्थानीयको उल्लेख्य र उत्साहजनक सहभागिता रहेको उहाँले बताउनुभयो ।
उपशाखा सभापति मौर्यको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष चौधरीले विश्व रेडक्रस दिवसको शुभकामना व्यक्त गर्दै यस अभियानबाट रगत आपूर्तिमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । उपशाखा सभापति मौर्यले रेडक्रसको महत्व र उपशाखाका कार्यबारे प्रकाश पार्दै समाजमा रेडक्रसको भूमिका बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, तिरुपति बालाजी एग्रो प्रालिका प्रबन्ध निर्देशक गुणनिधि तिवारी लगायतले शुभकामना व्यक्त गर्दै रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस