२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

कलामा झल्कियो सुस्ताको धार्मिक तथा सांस्कृतिक सम्पदा

२०८० बैशाख २०, बुधबार प्रकाशित ( साल अघि) ४४२ पाठक संख्या

मोहन पौडेल
परासी, २० वैशाख । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा भएका सम्पदा र सभ्यताको प्रचारप्रसार गर्ने उद्देश्यले चित्रकला प्रदर्शनी गरिएको छ । गाउँपालिकामा रहेका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदालाई कलाको माध्यमबाट प्रवद्र्धन गर्न गाउँपालिकाले चित्रकला प्रदर्शनी गरेको हो ।
ख्याति प्राप्त कलाकार बिके नरबहादुरले पालिका भित्रका विभिन्न धार्मिक तथा सांस्कृतिक सम्पदालाई चित्रमा उत्तार्नुभएको हो । उहाँले बनाएका चित्र प्रदर्शन गरिएको थियो भने उक्त चित्रलाई समावेश गरि प्रकाशन गरिएको पुस्तक पनि विमोचन गरिएको थियो ।
चित्रकला प्रदर्शनीको आज एक कार्यक्रमकाबीच शुभारम्भ गर्दै गाउँपालिका अध्यक्ष टेकनारायण उपाध्यायले चित्र कलाको प्रदर्शनीले पर्यटन र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पालिका भित्रका सम्पदा र सभ्यता चित्रमा उतारेर प्रशंसनीय काम गरेको भन्दै कलाकार बिके नरबहादुरको कलाको प्रशंसा पनि गर्नुभयो ।
सुस्ता गाउँपालिकामा महत्वपूर्ण धार्मिक, सांस्कृतिक सम्पदाहरु रहेको र ती सम्पदाको पहिचान र प्रचाप्रसारका लागि चित्रकलाको माध्यमबाट प्रवद्र्धन गर्न गाउँपालिकाले चित्रकला प्रदर्शनी गरेको बताउनुभयो । उहाँले यहाँका सम्पदालाई जस्ताको त्यस्तै चित्रमा उतार्ने कलाकारिताको प्रशंसा पनि गर्नुभयो । आगामी दिनमा पनि कला संस्कृतिको विकास र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिईने अध्यक्ष उपाध्यायले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कलाकार बिके नरबहादुरले कला मार्फत आफूले समाजमा रहेका सांस्कृतिक सम्पदालाई चिनाउने कार्य गर्दै आएको बताउँदै सुस्तामा पनि अवसर दिएकोमा पालिकालाई धन्यवाद व्यक्त गर्नुभएको थियो । विकास र समृद्धिका लागि कलाकारको पनि महत्वपूर्ण योगदान हुने भएकोले सरकारले कला क्षेत्रलाई विशेष महत्व दिनुपर्ने उहाँको भनाई थियो ।
अरनिको स्मृत्ति प्रतिष्ठानका अध्यक्ष एवं बरिष्ठ कलाकार मन गोल्डीले कलाकै माध्यमबाट बिके नरबहादुर देश विदेशमा चिनिन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले स्थानीय सरकारले स्थानीय कलाको उजागर र प्रोत्साहनमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले प्रचारप्रसार नहुँदा ओझेलमा परेका पालिका भित्रका महत्वपूर्ण सम्पदा र सभ्यतालाई कला मार्फत चिनाउने प्रयास गरिएको बताउनुभयो । सुस्ता गाउँपालिका अन्र्तगत रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाहरु नारायणी नदी, चुहाडी मन्दिर, अनोमाघाट, सुस्तापारीको गाउँ, मदारबाबा मजार, स्थानीय संस्कृतिहरु ीचत्रकलामा उतारिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस