२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

रामग्रामको नदवामा मोटरसाईकल र स्कुटर ठक्कर खाँदा तीन जना घाईते

२०८० बैशाख ९, शनिबार प्रकाशित ( साल अघि) ४१४ पाठक संख्या

मोहन पौडेल
परासी, ९ वैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नं. १० स्थित नदवामा आज साँझ मोटरसाईकल र स्कुटर ठक्कर खाँदा तीन जना घाईते भएका छन् । नदवास्थित हुलाकी सडकमा साँझ करिब साढे सातको बजेको समयमा भएको उक्त दुर्घटनामा परी घाईते तीनै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको लु ६१ प् ३३६० नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको बा ७१ प् ७४१९ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाएको हो ।
दुर्घटनामा परी मोटरसाईकल चालक रुपन्देही सिद्धार्थनगर नगरपालिका बस्ने ३८ वर्षीय राजेन्द्र क्षेत्री, स्कुटर चालक काठमाडौँ महानगरपालिका वडा नं. ३० बस्ने डा.सन्दिप सापकोटा र बाटोमा खेलिरहेका रामग्राम १० नदवास्थित सञ्जय जयसवालका छोरा ६ वर्षीय शिवाय जयसावल घाईते भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकल चालक क्षेत्रीको खुट्टा भाँचिएको छ भने स्कुटर चालक सन्दिपको दुवै खुट्टामा चोट लागेको छ । यस्तै दुवै सवारी साधन आपसमा ठक्कर खाँदा बाटोमा खेलिरहेका बालक जयसवालको पनि शरिरका विभिन्न भागमा चोट लागेको छ । घाईते तीनै जनाको पृथ्वीचन्द्र अस्पताल परासीमा सामान्य उपचारपछि थप उपचारको लागि भैरहवास्थित सिद्धार्थ सिटी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस