२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

टिप्परको ठक्करबाट रामग्रामको पट्खौलीमा साईकल यात्रीको मृत्यु

२०८० बैशाख ३, आईतबार प्रकाशित ( साल अघि) ३२२ पाठक संख्या

मोहन पौडेल
परासी, ३ वैशाख । केही दिनयता पश्चिम नवलपरासीमा सवारी दुर्घटना बढ्न थालेको छ । सडक दुर्घटनाका कारण मानिसहरुले अकालमा ज्यान समेत गुमाएका छन् ।
यसैक्रममा आज साझ रामग्राम नगरपालिका-१७ पट्खौलीमा टिप्परको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामग्राम-१२ कुनुवार बस्ने ६० वर्षीय
गणेश प्रसाद हरिजन रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
उहाँका अनुसार आज साझ करिब सवा पाँच बजेको समयमा जिल्लाको रामग्राम-१७ पठ्खौली स्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्व तर्फ जादै गरेको प्रदेश २-०३-००१ क ११३२ नं. को खाली टिप्परले साईकल यात्रीलाई ठक्कर दिएको हो । टिप्परको ठक्करबाट गम्भीर घाइते हरिजनको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने टिप्परका चालक फरार छन् । प्रहरीले प्रतापपुर- ९ बस्ने ३१ वर्षीय मनोज कुमार थारुलाई नियन्त्रणमा लिएको छ । दुर्घटना लगत्तै स्थानीयले ठक्कर दिने टिप्परमाथी ढुंगामुढा गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय र स्थानीय प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीयलाई सम्झाई बुझाई सामान्य अवस्थामा आएको डिएसपी पाण्डेले बताउनुभयो ।

IMG 20230416 WA0010

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस