२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२०७९ चैत्र ३०, बिहिबार प्रकाशित ( साल अघि) ४६१ पाठक संख्या

मोहन पौडेल
परासी, ३० चैत । पूर्व पश्चिम राजमार्ग अन्तरगत पश्चिम नवलपरासीको तिलकपुरमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
आज बिहान करिब साढे दस बजेको समयमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका-१ तिलकपुर स्थित पूर्व पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको लु १ ख ४१२५ नम्बरको टिप्परले दक्षिण तर्फ मोड्ने क्रममा सोही दिशा तर्फबाट आउँदै गरेको लु ७७ प ७८९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक नवलपरासी सुनवल- १३ बडेरा बस्ने ३२ वर्षीय चिरन्जीवी काफ्लेको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले दैनिक 24 खबरलाई जानकारी दिनुभयो ।
टाउको र शरिरको बिभिन्न भागमा चोट लागि गम्भीर घाइते भएका काफ्लेको पृथ्वी चन्द्र अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
दुर्घटनामा संलग्न टिप्पर,मोटरसाइकल र टिप्पर चालक नवलपरासी प्रतापपुर- ७ बस्नेल३४ वर्षीय माधब चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय बर्दघाटको प्रहरी टोलि र ट्राफिक समेतको प्रहरी टोलीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी पाण्डेले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%

प्रतिक्रिया दिनुहोस