२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

बाघको आक्रमणबाट पाल्हीनन्दनमा दुई जना घाइते

२०७९ चैत्र १६, बिहिबार प्रकाशित ( साल अघि) ३८१० पाठक संख्या

 

मोहन पौडेल
परासी,१६ चैत । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा बाघको आक्रमणबाट दुई जना घाइते भएका छन् । आज बिहान करिब साढे छ बजेको समयमा पाल्हीनन्दन -४ स्थित वैरवाको आँप र बाँसघारीको बगैंचामा बाघले एक्कासि आक्रमण गरेको हो ।
बाघको आक्रमणमा परि सोही स्थान बस्ने ४५ वर्षीय गजेन्द्र कोईरी र वडा नं. ६ लंगडिपाकड बस्ने १८ वर्षीष सम्पत भर घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले दैनिक24खबरलाई जानकारी दिनुभयो । कोईरीको मुख,नाक र ओठमा चोट लागेको छ भने भरको खुट्टामा चोट लागेको र दुवैको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।
घाइतेहरुको पाल्हीनन्दन अस्पताल लोहरौलीमा उपचार भईरहेको छ । बाघ अहिले पनि सोही बगैंचामा लुकेर बसेकाले वन कार्यालयको प्राविधिक टोली नियन्त्रणको लागि घटनास्थलतर्फ प्रस्थान गरेको प्रनाउ पाण्डेले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%९%३%४%२%

प्रतिक्रिया दिनुहोस