२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

नवलपरासीको सर्दीमा बम फेला

२०७९ चैत्र १२, आईतबार प्रकाशित ( साल अघि) ३२० पाठक संख्या

नवलपरासी, १२ चैत । नवलपुरकाे विनयी त्रिवेणी ५ मा माेटार बम फेला फरेकाे छ । विनयी त्रिवेणी- ५, भेडिगाउँ स्थित जंगलमा माेटार बम फेला परेको हाे । ९ थान माेटार बम सहितका सामाग्री फेला परेकाे स्थानीय रुकेश तरामुले बताउनुभयो ।
बाख्रा चराउन गएका गाेठालाले भेडिगाउँ स्थित जंगलकाे पहिराे गएको ठाउँमा साे बम फेला पारेका हुन्। बम साेही स्थानमा रहेकाे स्थानीय तरामुले बताउनुभयो । पूर्व भारतीय आर्मी समेत रहेका तरामुले याे आर्मीले प्रयाेग गर्ने घातक हतियार रहेको बताउनुभयो ।
याे कहिलेकाे हाे र कस्ले छाडेकाे अनुमान गर्न नसकिएको उहाँले बताउनुभयो । द्वन्द्वकालिन समयमा लुकाएको विष्फोट पदार्थ हुनसक्ने अनुमान गरिएको छ। यस विषयमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस