२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

शिक्षक संघ नवलपरासीमा चापागाईंको प्यानल नै बिजयी

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ३६९ पाठक संख्या

परासी, १० चैत । नेपाल शिक्षक संघ पश्चिम नवलपरासीको अध्यक्षमा भोजराज चापागाईं निर्वाचित हुनुभएको छ । संघको नौँ अधिबेशन अन्तरगत बिहीबार भएको निर्वाचनबाट अध्यक्षमा भोजराज चापागाईं १६० मतको अन्तरले बिजयी हुनुभएको छ ।
चापागाईंले ३८५ मत गर्दा अध्यक्ष पदका अर्का उम्मेदार  वृजराज कुशवाहाले २२५ मत प्राप्त गर्नु भएको थियोे।  संघको नेतृत्वको लागि चापागाईं र कुशुवाहाको छुट्टाछुट्टै प्यानल चुनावी मैदानमा थियोे।
अधिवेशनबाट संघको उपाध्यक्षमा अरबिन्द कुमार पाठक, सचिवमा इन्द्र बहादुर चौधरी , अर्थ सचिवमा कुन्जबिहारी चौधरी , सहसचिवमा अर्जुन प्रसाद पाण्डे बिजयी हुनु भएको छ । त्यस्तै जिल्ला सदस्यमा खुल्लामा  बिरेन्द्र कुमार यादव, गोबिन्द प्रसाद पाण्डे, नारद ठाकुर, ध्रुब आचार्य बिजयी हुनु भएको छ ।
यसैगरी संघको प्रदेश अधिवेशन प्रतिनिधितर्फ खुल्लामा इन्देश गुप्ता, चुडामणि भण्डारी, प्रदिप कुमार चौधरी, भविश्वर पाण्डे चुनिनु भएको छ भने संघीय महाधिवेशन प्रतिनिधिमा महिलाबाट मनमाय गुरुङ्ग र ओम कुमारी चौधरी तथा खुल्लाबाट पशुपति चौधरी, चेतनाथ पौडेल, बिनोद ज्ञवाली निर्वाचित हुनुभएको छ । शिक्षक संघ नवलपरासीको निर्वाचनमा कुल ६२० मत खसेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस