२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

ग्यास विक्रेता संघ नवलपरासीद्धारा सल्लाहकार मनोनयनसहित विविध निर्णय

२०७९ चैत्र ४, शनिबार प्रकाशित ( साल अघि) ३९३ पाठक संख्या

परासी, ४ चैत । ग्यास विक्रेता संघ पश्चिम नवलपरासीले सल्लाहकार मनोनयन गरेको छ । संघको हालै सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित जिल्ला कार्य समितिको आज बसेको बैठकले सल्लाहकार मनोनयनसँगै विभिन्न निर्णय गरेको जनाएको छ ।
संघका जिल्ला अध्यक्ष हरि प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले संघको सल्लाहकारमा युवराज भुसाल, चिरन्जिवी सुवेदी, चिरन्जिवी कुर्मीलाई मनोनयन गरेको हो । बैठकले ग्यास विक्रेता व्यवसायीलाई अनिवार्य रुपमा पान नम्बर लिन र संघमा दर्ता हुन आह्वान गरेको छ ।
बैठकले हालै सम्पन्न साधारणसभा तथा अधिवेशनको खर्च तथा आम्दानी अनुमोदन गरेको छ भने मासिक रुपमा खर्च तथा आम्दानी बैठकमा पेश गर्ने निर्णय गरेको संघका उपाध्यक्ष सन्दिप अग्रहरीले बताउनुभयो । संघको बैठकले सदस्यता विस्तार गर्ने, नवीकरण गर्ने लगायतका महत्वपूर्ण निर्णयहरु गरेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । अध्यक्ष अधिकारीले ग्यास विक्रेता व्यवसायीको हक अधिकार र समस्या समाधानका लागि निरन्तर लागिपर्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस