२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नेशनल माईक्रोफाईनान्स लघुवित्त हकुईद्धारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता प्रदान

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित ( साल अघि) ४२५ पाठक संख्या

मोहन पौडेल
परासी, ३ चैत । नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड हकुई शाखा पश्चिम नवलपरासीको आयोजनामा समूह अध्यक्ष कार्याशाला गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम परासीमा सम्पन्न भएको छ । कार्यक्रममा उक्त संस्थाको कार्यक्षेत्र अन्र्तगतका रामग्राम नगरपालिका, पाल्हीनन्दन गाउँपालिका, सरावल गाउँपालिका, सुनवल नगरपालिका, ओमसतिया गाउँपालिका लगायतका महिला समूहहरुका पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
शुक्रौली महिला समूहकी अध्यक्ष सीता कोईरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै रामग्राम नगरपालिकाकी उपमेयर सम्झना चौधरीले महिलाहरुलाई उद्यमी बन्न आग्रह गर्नुभयो । उहाँले लघुवित्त संस्थाबाट बिना धितो प्राप्त हुने कर्जालाई सही सदुपयोग गरी सीप सिकेर उद्यमशील बन्नुपर्नेमा जोड दिनुभएको हो ।
उपमेयर चौधरीले ऋण लिएपछि तिर्नुपर्ने दायित्वबाट भाग्न नहुने बताउँदै ऋणको सही सदुपयोग र उत्पानमूलक क्षेत्रमा लगानी गर्न सके भाग्नुपर्ने अवस्था नआउने बताउनुभयो । उहाँले रामग्राम नगरपालिकाले पनि महिला लक्षित विभिन्न सीप विकास, क्षमता अभिबृद्धि, महिला शसक्तीकरण लगायतका योजना सञ्चालन गरिरहेकोले ती कार्यक्रममा सहभागि भई लाभ लिन आग्रह पनि गर्नुभयो ।
संस्थाकी शाखा प्रमुख नारायणी थापाले बिना धितो ऋण लगानी गरेर समूहमा आवद्ध महिलाहरुलाई स्वरोजगार बनाउन संस्था लागिरहेको जानकारी दिनुभयो । उहाँले बजारमा केही समयदेखि लघुवित्त संस्थाहरुको विरुद्धमा भ्रम छर्ने काम भईरहेको बताउँदै त्यस्ता भ्रममा नपर्न र आफ्नो कर्जा समयमै तिर्न जोड दिनुभयो । कार्यक्रममा प्रथम द्धितीय तृतीय,सान्त्वना र उत्कृष्ट बचतकर्तालाई प्रमाणपत्र र पुस्कार बितरण गरिएको शाखा प्रमुख थापाले बताउनुभयो ।
धादिङमा केन्द्रीय कार्यालय रहेको नेशनल माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाको नेपालका ६४ जिल्लामा गरी १०२ वटा शाखा कार्यालय रहेको संस्थाको केन्द्रीय कार्यालयकी अनुगमन अधिकृत पुष्पा पोखरेल लम्सालले जानकारी दिनुभयो । जसमा एक लाख ५० हजार महिलाहरु सदस्यको रुपमा रहेका छन् । संस्थाले हालसम्म एघार अर्व ५४ करोड रुपैँया ऋण लगानी गरेको छ । उक्त कार्यक्रममा रामग्राम नगरपालिका वडा न १२का वडा अध्यक्ष लोकबहादुर चौधरी,शाखाका वरिष्ठ सहायक सरोज ठाकुर लगायतले आाफनो धारणा व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस