२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

सुनवल नगर खेलकुद विकास समिति गठन,अध्यक्षमा गुरुङ

२०७९ चैत्र २, बिहिबार प्रकाशित ( साल अघि) ६२० पाठक संख्या

परासी, २ चैत । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेको छ । नगर खेलकुद विकास समितिको अध्यक्षमा बीर बहादुर गुरुङ नियुक्त हुनुभएको छ ।
सुनवल नगर कार्यपालिकाको बैठकले नगर खेलकुद विकास समिति कार्यविधि २०७९ बमोजिम नगर खेलकुद विकास समिति गठन गरेको नगर प्रमुख बिमला अर्यालले जानकारी दिनुभयो । नवनियुक्त अध्यक्ष गुरुङ सुनवल वडा नं.४ का पूर्व वडा अध्यक्ष हुनुहुन्छ ।
नवनियुक्त अध्यक्षसहित पदाधिकारीहरुलाई आज एक कार्यक्रमकाबीच मनोनयन पत्र वितरण तथा बधाई ज्ञापन गरिएको छ । नगर प्रमुख अर्याल र उपप्रमुख सूर्य दुवेले संयुक्त रुपमा नवनियुक्त पदाधिकारीहरुलाई मनोनयन पत्र हस्तान्तरण गर्नुभएको हो ।
नगर प्रमुख अर्यालले बधाई तथा शुभकामना व्यक्त गर्दै सुनवल नगरको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नगरपालिकाले खेल क्षेत्रलाई महत्वका साथ प्राथमिकता दिएर अघि बढेको बताउँदै उहाँले खेल क्षेत्रका समस्या समाधान गर्दै खेलाडी उत्पादन र प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्नुभयो ।
नगर खेलकुद विकास समिति कार्यविधि २०७९ अनुसार समिति १३ सदस्यीय हुनेछ । कार्यविधिको परिच्छेद ३(२) ख अनुसार विभिन्न विद्याका खेलकुद विज्ञहरुबाट कार्यपालिकाले मनोनीत गर्ने प्रावधान अन्र्तगत क्रिकेटबाट सुनवल १ का प्रेमबहादुर खड्का, तेक्वान्दोबाट सुनवल १२ का धर्मेन्द्र अग्रहरी,फुटवलबाट सुनवल ३ का ज्ञानु गुरुङ सदस्यमा नियुक्त हुनुभएको छ ।
यसैगरी नगर, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेल जगतमा प्रतिभा आजैन गरेका खेलाडी तथा पूर्व खेलाडी मध्येबाट सुनवल ४ की आरती लामिछाने,सुनवल ३ का रामकुमार विक,सुनवल १३ का तीलक प्रसाद पौडेल तथा संसार राना सदस्यमा मनोनित हुनुभएको नगरपालिकाले जनाएको छ । बाँकी सदस्य पछि मनोनीत हुनेछन् । नवनियुक्त अध्यक्ष गुरुङले सबै क्षेत्रलाई समेट्दै र सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस