२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

भुजहवा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा क्षेत्री

२०७९ फागुन २८, आईतबार प्रकाशित ( साल अघि) ३९६ पाठक संख्या

परासी, २८ फागुन । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ७ मा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन भएको छ । आज भुजहवामा भएको भेलाले भुजहवा खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा लोकेन्द्र बहादुर क्षेत्री (दीपक क्षेत्री ) चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा अनिरुद्र अहिर,सचिवमा साविद अलि,सहसचिवमा सज्जाद अलि,कोषाध्यक्षमा खुश्वु हजाम र सहकोषाध्यक्षमा रन्जस देवी केवट चयन हुनुभएको छ ।
यस्तै सदस्यमा उमेश यादव,गोबरी प्रसाद विश्वकर्मा,अखिलेस प्रसाद मिश्र,ईदु अलि धुनिया,मोसाफिर अलि,केवल प्रसाद चौधरी,अलगु थारु,बाल कुमारी कोईरी,साबिदा खातुन रहनु भएको छ ।
यसैगरी संरक्षकमा सरावलको वडा नं. ६ र ७ का वडा अध्यक्षहरु रहने समितिले जनाएको छ । सल्लाहकारमा सन्जय कुमार मिश्रा,नर्वदेश्वर पाठक,ध्रुव नारायण चौधरी,धिरन्द्र प्रसाद चौधरी,ईद्रिस नाउँ,रज्जव अलि लगायत रहनु भएको छ ।
समितिले सरावलको ६ र ७ वडामा स्वच्छ खानेपानीको पहुँचका लागि काम गर्ने अध्यक्ष क्षेत्रीले बताउनुभयो । उक्त क्षेत्रका नागरिकले शुद्ध पिउने पानीको अभावमा आर्सेनिकयुक्त ह्यान्ड पाईपको पानी पिउन बाध्य छन् । खानेपानीको लागि भवन निर्माण भएकोले अब खानेपानीको व्यवस्थापनको लागि समितिले काम गर्ने उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस