२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

ग्यास बिक्रेता संघ पश्चिम नवलपरासीको साधारणसभा र अधिवेशन सम्पन्न,अध्यक्षमा पुनः अधिकारी

२०७९ फागुन २६, शुक्रबार प्रकाशित ( साल अघि) ५१६ पाठक संख्या

मोहन पौडेल
परासी, २६ फागुन । ग्यास विक्रेता संघ जिल्ला समिति नवलपरासीको अध्यक्षमा पुनः हरि प्रसाद अधिकारी(भुताहा) निर्वाचित हुनुभएको छ । संघको आज परासीमा सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले आगामी दुई वर्षको लागि पुनः अधिकारीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।
नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा डिल्लीराम शर्मा भण्डारी(नदुवा), उपाध्यक्षमा सन्दिप अग्रहरी(परासी), सचिवमा रविलाल न्यौपाने(भूमही), कोषाध्यक्षमा सावित्रा मिश्रा पाण्डे(भुताहा),सहसचिवमा मन्नु प्रसाद नाँउ(सुनवल) निर्वाचित हुनुभएको संघले जनाएको छ । यसैगरी जिल्ला सदस्यमा टीकाराम लामिछाने,राजेश्वर पाण्डे,सरस्वती पन्थी,टेकप्रसाद यादव र लालचन्द्र चापागाई निर्वाचित हुनुभएको संघका निवर्तमान सचिव युवराज भुसालले दैनिक24 खबरलाई जानकारी दिनुभयो ।
यसअघि अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ग्यास विक्रेता महासंघका केन्द्रीय अध्यक्ष चन्द्र थापाले ग्यास विक्रेता व्यवसायीको समस्या समाधान गर्न महासंघले सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढीरहेको बताउनुभयो । उहाँले ग्यास विक्री बापत प्राप्त हुने कमिसन कम हुँदा व्यवसायी समस्यामा परेको बताउँदै कमिसन वृद्धिका लागि सरकारसँग लविङ गरिरहेको बताउनुभयो ।
उहाँले ईमान्दारितापूर्वक व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै व्यवसायीका समस्या समाधान गर्न महासंघ सधैँ अग्रसर ग्यासका कारण हुन सक्ने सम्भावित जोखिम नियन्त्रण गर्न महासंघले सचेतनामूलक कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्दै आएको बताउनुभयो । अध्यक्ष थापाले स्थानीय तह र उद्योगी व्यवसायीसँग समन्वय उपभोक्ता जागरण अभियान सञ्चालन गरिरहेको बताउँदै उहाँले यस किसिमका कार्यक्रम पालिका स्तरबाटै सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
संघका जिल्ला अध्यक्ष अधिकारीको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष थापाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महासंघका केन्द्रीय संस्थापक अध्यक्ष ज्ञानेश्वर अर्याल,वरिष्ठ उपाध्यक्ष विष्णु दुलाल,सल्लाहकार अर्जुन खत्री,पत्रकार महासंघका जिल्ला अध्यक्ष हरि शर्मा, नवलपरासी उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे,सुनवल उद्योग वाणिज्य संघका उपाध्यक्ष लेखनाथ खरेल,उपभोक्ता हित संरक्षण मञ्चका जिल्ला उपाध्यक्ष भोजराज बराकोटी,जिल्ला वरिष्ठ उपाध्यक्ष डिल्लीराम शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको संघका निवर्तमान सचिव भुसालले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस