२०८२ बैशाख ५, शुक्रबार
24 खबर अपडेट

पाल्हीनन्दनबाट दश लाख बढीको अवैद्य मोबाईल बरामद

२०७९ फागुन २२, सोमबार प्रकाशित ( साल अघि) ४८२ पाठक संख्या

मोहन पौडेल
परासी, २२ फागुन । पश्चिम नवलपरासीको सीमावर्ती क्षेत्रबाट प्रहरीले दश लाख बढीको अवैद्य मोवाईल बरामद गरेको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं. ५ भगतपुराबाट भन्सार छली गरी अवैद्य रुपमा भारतबाट ल्याईएको दश लाख ६२ हजार रुपैँया बराबरको मोवाईल आज प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार प्रहरी चौकी गेर्मीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा भारतबाट मोटरसाईकलमा ल्याउँदै गरेको अवस्थामा स्मार्ट सेभेन मोबाईल ११ थान र पोको एमफोर प्रो मोबाईल २५ थान बरामद गरेको थियो । स्मार्ट सेभेनको प्रति थान रु १७ हजार र पोको एमफोर प्रोको प्रति थान ३५ हजारका दरले रु दश लाख ६२ हजारको मोबाईल बरामद गरी महेशपुर भन्सार पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ । मोटरसाईकल र कारोबारमा संलग्न व्यक्ति भने फरार भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस