२०८१ आश्विन ५, शनिबार
24 खबर अपडेट

नेपाल रेडक्रस सोसाईटी पश्चिम नवलपरासीमा नयाँ समिति चयन

२०७९ फागुन २१, आईतबार प्रकाशित ( साल अघि) ७३२ पाठक संख्या

परासी, २१ फागुन । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीको अध्यक्षमा पुनःराजेन्द्र प्रसाद अग्रहरी निर्वाचित हुनुभएको छ । रेडक्रसको दोस्रो अधिवेशनबाट आगामी दुई वर्षको लागि अग्रहरीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।
अधिवेशनले सभापतिसहित पदाधिकारीहरु र महिला सदस्य निर्विरोध चयन गरेको हो भने जिल्ला सदस्यहरुमा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । निर्विरोध चयन हुनेमा सभापति अग्रहरीसहित उपसभापति(महिला)मा माया अग्रहरी, उपसभापति(खुल्ला)मा कृष्णप्रसाद लामिछाने,मन्त्रीमा ऋषिराम सुवेदी,कोेषाध्यक्षमा रामकुमार गुप्ता र उपमन्त्रीमा सुरज केसी चयन हुनुभएको निर्वाचन संयोजक दीपक क्षेत्री न्यौपानेले जानकारी दिनुभयो ।
यसैगरी महिला सदस्यमा रुद्रकुमारी कण्डेल र मनमाया गुरुङ निर्विरोध निर्वाचित हुनुभएको रेडक्रस जिल्ला शाखाका वरिष्ठ शाखा अधिकृत मुरारी प्रसाद गुप्ताले दैनिक 24 खबरलाई जानकारी दिनुभयो । यस्तै सदस्यमा भने सात जनाको लागि १३ जनाको उम्मेदवारी परेपछि निर्वाचन गरिएको थियो ।
शनिबार सम्पन्न निर्वाचनबाट ७८ मतसहित अर्जुन बहादुर क्षेत्री, ६६ मतसहित सुभान अलि अन्सारी,५७ मतसहित दीर्घप्रसाद घिमिरे,५१ मतसहित घनश्याम प्रसाद यादव,४९ मतसहित दिनेश अहिर यादव,४९ मतसहित सुर्दशन खरबार र ४५ मतसहित गोपाल प्रसाद शर्मा निर्वाचित हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस