२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम सम्पन्न

२०७९ फागुन २१, आईतबार प्रकाशित ( साल अघि) ४२३ पाठक संख्या

नवलपरासी,२१ फागुन – नेकपा (क्रान्तिकारी माओवादी) पश्चिम नवलपरासीले जनयुद्धका सहिद तथा बेपत्ता परिवार भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
निरन्तर रुपमा दुई दिन लगाएर क्रान्तिकारी माओवादीका नेता कार्यकर्ता सहित पार्टी सम्बद्ध बिभिन्न जनबर्गीय मोर्चा संगठनका नेता कार्यकर्ताहरुले जनयुद्धका सहिद तथा बेपत्ता परिवारसंग भेटघाट गरेका हुन् ।
सहिद परिवार समेत रहनुभएका क्रान्तिकारी माओवादीका केन्द्रीय सल्लाहकार तथा जिल्ला ईञ्चार्ज क्षेत्र बहादुर थापा क्षेत्रीले सहिद परिवारलाई क्रान्तिको पक्षमा अभिप्रेरित गर्दै सहिदका सपना पूरा गर्नका लागि भेटघाटले सहयोग पुग्ने विश्वास ब्यक्त
गर्नुभयो । सहिद सप्ताहको अवसरमा पार्टीका पालिका कमिटी र जनबर्गीय मोर्चा संगठनका नेता कार्यकर्ता समेत सक्रिय भएका थिए ।
सो क्रममा क्रान्तिकारी पत्रकार महासंघको महासचिव रवि पाण्डेय, देशभक्त जनगणतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष चुडामणी भण्डारी, थारु मोर्चाका महासचिव दुर्गा नारायण थारु, अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका बोल्गा नेपाल, पार्टीका प्रतापपुर ईञ्चार्ज गुणनिधि पोखरेल , पार्टीका सुनवल सेक्रेटरी रवि पुन, नेवा मोर्चाका जिल्ला संयोजक चन्द्रमान मानन्धर, मगर मोर्चाका संयोजक गोबिन्द बहादुर साठीघरे मगर, दलित मोर्चाका नेता ऋषिराम बिकलगायत सहभागी हुनुभएको थियो । भेटघाटका क्रममा सहिद परिवारले पार्टी र आन्दोलनमा भएको टुटफुटलाई एकता र धुब्रीकरणमा लैजान नेताहरुलाई आग्रह गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस