२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रतापपुर गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण शुरु, अध्यक्ष यादवद्धारा शिलान्यास

२०७९ फागुन २१, आईतबार प्रकाशित ( साल अघि) ३४५ पाठक संख्या

मोहन पौडेल
परासी, २१ फागुन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुने भएको छ । गाउँपालिकाको सुविधासम्पन्न आफ्नै प्रशासनिक भवनको आज शिलान्यास गरिएको छ ।
गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले पालिका भवनको शिलान्यास गर्दै भवन निर्माण कार्य शुभारम्भ गर्नुभएको हो । बेलाटारीस्थित प्रतापपुर स्वास्थ्य चौकीको जीर्ण भवन भत्काएर सोही ठाउँमा गाउँपालिकाको प्रशासनिक भवन निर्माण थालिएको हो ।
आगामी दुई वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ भवन निर्माण कार्य शुभारम्भ गरिएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो । उहाँले स्वास्थ्य चौकीको भवन पनि केही दिनमै गाउँपालिका भवन निर्माण भईरहेको स्थलकै नजिक शिलान्यास गरिने जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष यादवले प्रतापपुर गाउँपालिको सार्थक विकासको सपमना पूरा गर्न आफूहरु दलगत स्वार्थ भन्दा माथि उठेर अघि बढीरहेको उल्लेख गर्नुभयो ।
गाउँपालिकाको आफ्नै भवन नहुदाँ दुई वटा घर भाडामा लिएर गाउँपालिकाले सेवा प्रवाह गर्दै आएको छ । भाडाको भवन साँघुरो हुँदा सेवा प्रवाहमा कठिन हुने गरेकोमा अब गाउँपालिकाको आफ्नै सुविधा सम्पन्न भवन निर्माणपछि सेवा प्रवाह र कार्यसम्पादन सहज हुने गाउँपालिकाको विश्वास छ ।
करिब नौ कठ्ठा जग्गामा प्रशासनिक भवन निमार्ण गर्न लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरन्जिबी घिमिरेले जानकारी दिनुभयो । भवनका लागि रु १४ करोड ६८ लाख ४९ हजार विनियोजन गरिएकोमा निर्माण कम्पनीले करिब १३ प्रतिशत घटाघट अर्थात रु १० करोड पाँच लाख दुई हजार सात सय ८६ रुपैँयामा निर्माणको जिम्मा लिएको उहाँले बताउनुभयो ।
प्रशासनिक भवन निमार्णको जिम्मा लोटस÷देउती बजै÷डि.सी.बिलडर्स जेभी काठमाण्डौले पाएको छ । चार तल्लाको भवनमा करिब ४० कोठाहरु हुने गाउँपालिकाका ईन्जिनियर आनन्द यादवले जानकारी दिनुभयो ।
आजै गाउँपालिका अध्यक्ष यादवले त्रिभुवन मावि बेलाटारीको प्रांगढमा निर्माण हुन लागेको सटरसहितको भवनको पनि शिलान्यास गर्नुभएको छ। विद्यालयको आयस्रोत बढाउन विद्यालय परिसरको सडक किनारमा व्यवसायिक सटर भवन निर्माण गर्न लागिएको हो । विद्यालयको रु दश लाख र गाउँपालिकाको रु २५ लाख गरी रु ३५ लाखको लागतमा २४ वटा सटर निर्माण हुने गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस