२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

प्रतापपुरमा सञ्चालित केराको चिप्स बनाउने तालिम सम्पन्न,महिला उद्यमशीलता प्रवद्र्धनमा टेवा पुग्ने

२०७९ फागुन २१, आईतबार प्रकाशित ( साल अघि) ४८८ पाठक संख्या

परासी, २१ फागुन । केराबाट चिप्स उत्पादन गरी महिलाहरुलाई आत्मनिर्भर उद्यमी बनाउने उद्देश्यका साथ पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा सञ्चालित केराको चिप्स बनाउने तथा प्याकेजिङ्ग तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय परासीले प्रतापपुर गाउँपालिका वडा नं. ८ का महिलाहरुलाई उद्यमशील बनाउन एक हप्ते तालिम प्रदान गरेको हो ।
केराखेतीका लागि उर्वरभूमिको रुपमा चिनिएको पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिमा व्यवसायिक रुपमा केराखेतीतर्फ कृषकको आकर्षण बढीरहेको तर उत्पादीत केराले उचित बजार पाउन नसकेको अवस्थालाई मध्यनजर गर्दै केराको परिकार चिप्स बनाउने तालिम सञ्चालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख गंगाधर पाण्डेयले जानकारी दिनुभयो ।
यस तालिमको माध्यमबाट स्थानीय स्तरमा प्राप्त कच्चापदार्थ प्रयोग गरी केराको चिप्स बनाउने उद्योग नै सञ्चालन गर्न सकेमा बजार नपाएको केराको सही सदुपयोग हुने र स्थानीय महिलाहरु उद्यमी बनी आत्मनिर्भर बन्न प्रेरित गर्ने उहाँले बताउनुभयो । आगामी दिनमा केराबाट बनाउन सकिने विभिन्न परिकारसँगै स्यानीटरी प्याड,पेपर प्लेट,काँचो कपडा बनाउने,कम्पोष्ट मल बनाउने लगायतका तालिम सञ्चालनका लागि पहल गरी केरा कृषकलाई व्यवसायिक केराखेतीमा आकर्षण गरिने प्रमुख पाण्डेयले उल्लेख गर्नुभयो ।
प्रतापपुर ८ नम्बर वडा कार्यालयको समन्वयमा सञ्चालित तालिमको आज समापन गरिएको हो । तालिम समापन गर्दै वडा अध्यक्ष सन्तोष राजभरले ग्रामीण क्षेत्रका महिलाहरुलाई आत्मनिर्भर बनाउन यस किसिमका तालिम महत्वपूर्ण हुने बताउनुभयो । तालिमको माध्यमबाट उद्यमशीलता प्रवद्र्धन हुने र महिलाहरु पनि आर्थिक रुपमा सम्पन्न हुने उहाँको विश्वास थियो । वडा अध्यक्ष राजभरले तालिममा पाएको सीपलाई सदुपयोग गरेर उद्यमी बन्न जोड दिनुभयो ।
स्थानीय २८ जना महिला उद्यमी सहभागि रहेको उक्त तालिममा गीता चौधरीले प्रशिक्षण दिनुभएको घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज चौधरीले जानकारी दिनुभयो । नवलपरासी केरा उत्पादक संघका अध्यक्ष लख्खु यादव तथा तालिममा सहभागिहरुले तालिम निकै प्रभावकारी भएको बताउनुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस