२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

पाल्ही क्याम्पसमा नेविसंघको ईकाई समिति गठन

२०७९ फागुन १८, बिहिबार प्रकाशित ( साल अघि) ३४३ पाठक संख्या

परासी, १८ फmागुन । परासीस्थित पाल्ही बहुमुखी क्याम्पसमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको ईकाई समिति गठन गरिएको छ । आज क्याम्पसमा भएको एक भेलाबाट सुनिल गौडको सभापतित्वमा २१ सदस्यीय क्याम्पस ईकाई समिति गठन गरिएको नेविसंघले जनाएको छ ।
समितिको उपसभापतिमा प्रिती रौनीयार, सचिवमा शिव ठाकुर,कोषाध्यक्षमा प्रतिमा यादव,सहसचिवमा मन्जुर आलम अन्सारी लगायत रहनुभएको छ । संगिता गुप्ताको अध्यक्षता तथा नेपाली कांग्रेस जिल्ला कार्य समिति नवलपरासीकी कोषाध्यक्ष उत्तमा रायको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै कांग्रेस नेतृ एवं सरावल गाउँपालिकाकी पूर्व उपाध्यक्ष रायले आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनको तयारीमा जुट्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीको हक अधिकारको लागि स्ववियूमा जित्ने गरी तयारी गर्न उहाँले निर्देशन दिनुभयो ।
उक्त अवसरमा नेपाली कांग्रेस रामग्राम नगर सभापति श्रीधर बस्याल,नेविसंघका नेता राकेश गुप्ता,पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष फातिमा खातुन अन्सारी, रामग्राम नगरपालिकाका कार्यपालिका सदस्य अमृत्त सिंह जिसी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस