२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

लोक दोहोरी प्रतिष्ठानको केन्द्रीय सदस्यमा यूवा गायक भरत क्षेत्रीको उम्मेद्वारी

२०७९ फागुन ११, बिहिबार प्रकाशित ( साल अघि) ६०५ पाठक संख्या

परासी, ११ फागुन । लोक तथा दोहोरी कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्य पदमा लोकप्रिय यूवा गायक भरत पौडेल क्षेत्रीले आफ्नो दावेदारी प्रस्तुत गर्नुभएको छ । प्रतिष्ठानको केन्द्रीय महाधिवेशन यही फागुन १२ देखिक १४ गतेसम्म धादिङमा हुँदैछ ।
नेपाली लोक सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक क्षेत्री २०६० सालदेखि अनवरत रुपमा प्रतिष्ठानमा आवद्ध हुँदै हाल लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीको निवर्तमान अध्यक्ष हुनुहुन्छ । पश्चिम नवलपरासीलाई कर्मथलो बनाउँदै आउनुभएका गायक क्षेत्रीले  दुई पटक  प्रतिष्ठानको जिल्ला नेतृत्व गरिसक्नु भएको छ । गायक क्षेत्रीले दर्जनौ गीतहरुमा आफ्नो स्वर दिनुभएको छ । नेपाली मौलिक लोक तथा दोहोरी गीत मार्फत दर्शक एवं स्रोताको मनमुटुमा बस्न सफल गायक क्षेत्रीले मौलिक लोक तथा दोहोरी गीतको संरक्षण, प्रवद्र्धन, यस क्षेत्रमा सक्रिय पूराना कलाकारको सम्मान र नयाँ कलाकारलाई प्रोत्साहन गर्दै प्रतिष्ठानको उचाई बढाउन आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी प्रस्तुत गरेको बताउनुहुन्छ । गायक क्षेत्रीले लुम्बिनी प्रदेश भूगोल तर्फबाट केन्द्रीय सदस्य पदमा दाबेदारी गर्नुभएको हो ।
म्युजिक भिडिओमा अभिनय समेत गर्दै आउनुभएका गायक क्षेत्रीका औँठी सुनको, माया देखियो,घण्टी बजाँए, देउसी भैलो लगायतका गीतहरु चर्चामा छन् । महाधिवेशनमा सबै कलाकारबाट माया पाउनेमा आफू विश्वस्त रहेको क्षेत्रीको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस