२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

छोरीको विवाहमा दाईजोको सट्टा जीवन बीमा उपहार

२०७९ फागुन १०, बुधबार प्रकाशित ( साल अघि) १७२५ पाठक संख्या

परासी, १० फागुन । यहाँको एक दम्पत्तीले आफ्नी छोरीको विवाहमा जीवन बीमा योजना उपहार दिएका छन् । पिता राजन तिमिल्सिना र आमा राधिका तिमिल्सिनाले आफ्नी छोरी रोशनी तिमिल्सिनाको विवाहमा वैवाहिक जीवनको शुभकामनासहित दाईजोको सट्टा जीवन बीमा योजना उपहार दिनुभएको हो ।
आफ्नी छोरीको विवाहको अवसरमा सुनिश्चित भविष्य र निर्धक्क जीवनयापनको लागि उक्त उपहार दिएको राधिका तिमिल्सिनाले बताउनुभयो । बीमा अभिकर्ता प्रभा ज्ञवालीले बीमा गरिदिन आग्रह गरेपछि आफूलाई पनि छोरीको सुनिश्चित भविष्यको लागि बीमा उपहार दिन मन लागेर आजै विवाहमा उपहार दिएको राधिकाले बताउनुभयो ।
उहाँले भन्नुभयो, “आज मलाई छोरीको बिवाह गर्दा आर्थिक संकट परे जस्तै भोली छोरीको सन्तानलाई पढाउन, विवाह गर्न दुःख नहोस् भनेर यो योजना उपहार दिन मन लाग्यो । आज हामीले दिएको यो योजना भोलीका दिनमा छोरी ज्वाँईले मिहेनत गरेर किस्ता तिर्नेमा म ढुक्क छुु ।”
पछिल्लो समय विवाह, जन्मोत्सव लगायतका उत्सवहरुमा बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको बीमा अभिकर्ता प्रभा ज्ञवालीले बताउनुभयो । यो एउटा नयाँ संस्कारको रुपमा अघि बढेको उहाँको भनाई छ । “जीवन बीमा गर्नलाई ठूलो आर्थिक स्रोत चाहिन्छ भन्ने भ्रम छ, तर भईरहेको आम्दानीबाट हुने खर्चलाई व्यवस्थापन गरेर पनि सहजै जीवन बीमा गर्न सकिन्छ”, ज्ञवालीले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%४%१%१%१%

प्रतिक्रिया दिनुहोस