२०८१ आश्विन ६, आईतबार
24 खबर अपडेट

परासीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

२०७९ फागुन १०, बुधबार प्रकाशित ( साल अघि) ६३६ पाठक संख्या

मोहन पौडेल
परासी,१० फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित निलोगेटमा सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
गएराती करिब साढे ८ बजेको समयमा रामग्राम-१ निलोगेट स्थित सुनवल-परासी सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई गेटमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
उत्तरबाट दक्षिण तर्फ आउँदै गरेको लु ५ प ९६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा मोटरसाइकल चालक नवलपरासी रामग्राम – १४ रेक्सहवा निवासी ३५ वर्षीय प्रदिप यादवको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
टाउकोमा चोट लागि गम्भीर घाईते भएका यादवको पृथ्वी चन्द्र अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा लगिएको थियो । उनको उपचारको क्रममा राति दश बजे अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान कार्य भईरहेको डिएसपी पाण्डेयले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस